Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारनर्थभोल्टले जर्मनीमा नयाँ फ्याक्ट्री निर्माण कार्यक्रम स्थगित गर्ने

नर्थभोल्टले जर्मनीमा नयाँ फ्याक्ट्री निर्माण कार्यक्रम स्थगित गर्ने


बर्लिन । स्वीडेनी कम्पनी नर्थभोल्टले उत्तरी जर्मनीमा निर्माण गर्ने योजनालाई ऊर्जा सङ्कट र संयुक्त राज्य अमेरिकाको तर्फबाट कम्पनीलाई प्राप्त अनुदानका बाबजुद पनि विशाल विद्युतीय कार उत्पादन कारखाना निर्माण स्थगित गर्न सक्ने स्वीडेनका विद्युतीय कार ब्याट्री निर्माता कम्पनीले जनाएको छ  ।

कम्पनीका विशेषज्ञ पिटर कार्लसनले जर्मन दैनिक फ्रैंकफर्टर अल्गेमेनेन जेइटुङलाई बताएअनुसार यो परियोजना स्थगित हुन सक्छ । युरोपले विद्युतीय कार उत्पादन गर्ने क्षमता बढाउन खोजिरहेको बेला ब्याट्री उत्पादनका लागि ख्यातिप्राप्त उक्त समूहले मार्चमा प्लान्ट निर्माण गर्ने घोषणा गरेको थियो ।

यो कारखाना सन् २०२५ मा खुल्ने अपेक्षा गरिएको थियो र यसको वार्षिक उत्पादन क्षमता ६० गिगावाट घण्टा रहेको छ । तर यो पनि प्रति वर्ष दुई टेरावाट घण्टासम्म खपत गर्ने योजना थियो । कार्लसनले भने, ‘हालको बिजुलीको मूल्यको साथ, हामी जर्मनीमा ऊर्जा–तीव्र परियोजनाहरूको लाभप्रद क्षमता खतरामा देख्छौं ।’

फेब्रुअरीमा युक्रेनमा आक्रमण गर्नुअघि जर्मनी आफ्नो ५५ प्रतिशत ग्यास आपूर्तिका लागि रुसमा निर्भर थियो र त्यसपछि उसले बिजुलीको मूल्य बढाउँदा पनि मागलाई सम्बोधन गर्न नसकिएपछि जर्मनीले धेरै उच्च मूल्यमा भए पनि अन्यत्रबाट आपूर्तिको सम्भावना खोज्नुपरेको छ ।

‘गत अगस्टमा अमेरिकी सिनेटले स्वच्छ ऊर्जा र जलवायुसम्बन्धी विधेयक पारित गरेपछि संयुक्त राज्य अमेरिकाले पनि आकर्षक प्रोत्साहन प्रदान गरिरहेको छ’, कार्लसनले भने । कम्पनीले उत्तर अमेरिकी कारखानाबाट विद्युतीय सवारीसाधन खरिद गर्ने प्रत्येक अमेरिकीको लागि सात हजार पाँच सय अमेरिकी डलर कर क्रेडिट दिने गर्दछ । कम्पनीले अमेरिकामा निर्मित विद्युतीय ब्याट्रीहरू चलाउने गर्दछ ।

यो अनुदानले अन्य कम्पनीबाट उत्पादित ब्याट्रीलाई प्रयोग गर्ने गैरअमेरिकी कम्पनीहरूलाई गहिरो हानि पु-याउने ब्रसेल्सले जनाएको छ । कार्लसनले भने, ‘हामी अहिले यस्तो बिन्दुमा छौँ जहाँ हामी युरोप र संयुक्त राज्य अमेरिकामा उत्पादन विस्तारलाई प्राथमिकता दिन सक्छौँ’, किनकि ब्याट्री उत्पादन गर्दा त्यहाँ ३० देखि ४० प्रतिशत कम खर्च हुन सक्छ ।’

उनले भने, ‘योजना कार्यान्वयनमा आएमा संयुक्त राज्य अमेरिका ब्याट्रीहरू बनाउनको लागि जर्मनी संसारको सबैभन्दा उत्कृष्ट स्थान बन्न सक्छ त्यसैले युरोपेली संघलाई अमेरिकी वित्तीय प्रोत्साहनहरूको सामना गर्न आवश्यक छ ।” (रासस/एएफपी)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x