भारतसँगको व्यापार वार्तामा ‘धेरै प्रगति’ : बेलायती विदेशमन्त्री
लण्डन । बेलायतको युरोपेली संघबाट भएको बहिर्गमन (ब्रेक्जिट) पछि भारतसँग भएको स्वतन्त्र व्यापार सम्झौता वार्ता ‘निकै सकारात्मक’ रहेको बेलायतले आइतबार जनाएको छ ।
भारत भ्रमणका क्रममा बेलायतका विदेशमन्त्री जेम्स क्लेभरलीले आइतबार प्रकाशित टाइम्स अफ इन्डियालाई दिएको अन्तर्वार्तामा भने, ‘हामीले वार्तामा धेरै प्रगति गरेका छौं र हामी दुवै देशका लागि हित गर्ने सम्झौताका लागि काम गरिरहेका छौँ ।’
‘भारतसँगको हाम्रो साझेदारी हाम्रा लागि महत्वपूर्ण छ र यसलाई हामी बढाउन र विकास गर्न चाहन्छौं भन्ने कुरामा हामी स्पष्ट छौँ’, दुई दिने भ्रमणका क्रममा उनले भने ।
भारत र उसका पूर्वऔपनिवेशिक शासकबीच करिब १८ महिनादेखि व्यापार सम्झौताका लागि वार्ता भइरहेको छ, जुन बेलायतका लागि महत्वपूर्ण कोसेढुंगा हुनेछ ।
कडा पेय पदार्थ ह्विस्कीजस्ता बेलायती आयातमा कर घटाउने बदलामा भारतले आफ्ना नागरिकका लागि थप काम र अध्ययन भिसाको माग गरेको छ । तर अक्टोबर २४ देखि सुरु भएको भारतीय धार्मिक चाड दीपावलीको अवसरमा सम्झौताको लागि लक्षित मिति बेलायतको सत्तारुढ कन्जरभेटिभहरूबीच थप आप्रवासनको भारको भयका कारण वार्ता असफल भएको समाचारहरू केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन् ।
हालै पुनर्बहाली गरिएकी दक्षिणपन्थी गृहमन्त्री सुएला ब्रेभरम्यानले बेलायती भिसा अवधि नाघेकाहरूको सबैभन्दा ठूलो समूह भारतीय भएको टिप्पणी गरेपछि भारतीय पक्ष चिढिएको भन्ने समाचारहरू पनि आएका छन् । यद्यपि, क्लेभरलीले टाइम्ससँगको अन्तवार्तामा भने, ‘आफूले यसलाई ‘धेरै सकारात्मक’ कुराको रूपमा हेरेको र बेलायतमा अध्ययन र व्यापारमा संलग्न धेरै भारतीयहरूले बेलायतमा जान चाहने विद्यार्थी र व्यापारीको लागि सम्झौतालाई अवसरका रूपमा हेरेका छन् ।’
उनले थपे, ‘निःसन्देह, यसको अर्थ हामीले हाम्रा प्रक्रियाहरू सही छन् भनेर सुनिश्चित गर्नुपर्छ ।’ भारतीयहरूका प्रिय पात्र ऋषि सुनकलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा सम्बन्ध प्रगाढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
भारतमा बेलायती प्रधानमन्त्री प्रतिको उत्साह र उमङ्ग देख्दा खुसी लागेको क्लेभरलीले बताए । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया