Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएडीबीले पाकिस्तानलाई १० करोड डलर ऋण दिने

एडीबीले पाकिस्तानलाई १० करोड डलर ऋण दिने


इस्लामावाद । पाकिस्तान र एसियाली विकास बैंक (एडीबी) बीच देशको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउन १० करोड अमेरिकी डलरबराबरको ऋण सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ ।

यो ऋणले पूर्वाधार र उपकरणको आधुनिकीकरण, क्लिनिकल प्रोटोकल सुनिश्चित गर्नुका साथै मानव संसाधन योजना र औषधि आपूर्ति शृंखला व्यवस्थापनमा सुधार गरी प्रदेशका माध्यमिक अस्पतालहरूमा स्वास्थ्य सेवा प्रवाहमा सुधार ल्याउन मद्दत गर्नेछ, आर्थिक मामिला मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसले विद्यमान ३३ वटा माध्यमिक स्वास्थ्य संस्थाहरूको पूर्वाधारको स्तरोन्नति, गुणस्तरीय उपकरणहरू प्रदान गर्दै र मेडिकल, प्राविधिक र प्रशासनिक कर्मचारीहरूको पोस्टिङ र उपलब्धता सुनिश्चित गरेर माध्यमिक स्वास्थ्य सेवा प्रणालीलाई रूपान्तरण गर्ने लक्ष्य राखेको छ ।

यस कार्यक्रमले निजी क्षेत्रलाई निश्चित सेवाहरूको कुशल बाह्य स्रोत सुनिश्चित गर्नुका साथै इलेक्ट्रोनिक मेडिकल रेकर्डहरू र गुणस्तरीय स्वास्थ्य परीक्षण र खोजलाई बढावा दिनेछ । मन्त्रालयका अनुसार यो कार्यक्रमबाट मातृ स्वास्थ्य सेवाको आवश्यकता भएका महिलासहित अनुमानित तीन करोड ८० लाख मानिस लाभान्वित हुने र शिशु तथा मातृ मृत्युदरमा कमी आउने विश्वास गरिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x