विदेशी लगानी भित्र्याउन श्रीलंकाले सेवा क्षेत्रको उदारीकरण गर्ने
कोलम्बो । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंगेले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्न देशको सेवा क्षेत्रलाई क्रमशः उदारीकरण गर्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी) ले आइतबार जारी गरेको विज्ञप्तिमा उक्त कुरा जनाइएको छ । राष्ट्रपति सिंगेले विश्वको अहिलेसम्मकै सबैभन्दा ठूलो स्वतन्त्र व्यापार सम्झौता ‘रिजनल कम्प्रिहेन्सिभ इकोनोमिक पार्टनरसिप’मा सदस्यता प्राप्त गर्न कदम चाल्नुपर्ने बताए ।
विक्रमासिंगेले राष्ट्रपतिको सचिवालयमा राष्ट्रिय व्यापार वार्ता समितिका पदाधिकारीसँगको भेटमा उक्त टिप्पणी गरेका हुन् । राष्ट्रपतिले उनीहरूसँग स्वतन्त्र व्यापार वार्ता, अन्तर्राष्ट्रिय व्यापारको भविष्यको दृष्टिकोण र नीतिगत प्राथमिकताहरूको संयोजनको महत्तवको बारेमा छलफल गरेका थिए ।
अन्तर्राष्ट्रिय व्यापार गतिविधिको विस्तारसँगै स्थानीय उद्योगलाई प्रतिस्पर्धामा समायोजन गर्न सहयोग पु¥याउन सरकारले व्यापार समायोजन कार्यक्रम लागू गर्ने उनले बताए । क्षेत्रीय तथा विश्वव्यापी आपूर्ति शृंखलामा पहुँच र निर्यातमुखी प्रत्यक्ष वैदेशिक लगानी अभिवृद्धिका लागि विश्व अर्थतन्त्रसँग पुनः सम्लग्नता आन्तरिक अर्थतन्त्रलाई पुनरुत्थान गर्न सरकारको आर्थिक सुधार कार्यक्रमको एक तत्व भएको उनको भनाइ थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण
- पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते
- २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढे
- देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति: राष्ट्रपति पौडेल
- नेपालको अर्थतन्त्र सुधार हुँदै: आईएमएफ उपनिर्देशक
- काठमाडौंमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार
- ‘कनेक्टिङ कर्णाली’अन्तर्गत काठमाडौंमा मगुका तस्वीर-भिडियो प्रदर्शन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया