Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतद्वारा २६ औषधि निर्यातमा कडाइ

भारतद्वारा २६ औषधि निर्यातमा कडाइ


एजेन्सी नयाँ दिल्ली, फागुन २१
चीनबाट फैलिएको कोरोना भाइरसको कारण भारतीय उद्योगहरुमा समेत देखिन थालेपछि सरकारले २६ प्रकारका औषधिहरु प्यारासिटामोल, भिटाभिन बी१ र बी१२ सहित अन्य औषधि निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भारतीय मिडियाहरुका अनुसार ती औषधि निर्यातका लागि वाणिज्य मन्त्रालयको मातहत रहेको विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी)बाट अनुमतिपत्र लिनुपर्नेछ । हालसम्म यी औषधि निर्यातमा कुनै प्रतिबन्ध या कडाइ गरिएको थिएन । डीजीएफटीले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि कायम रहने बताएको छ ।

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिँदै गर्दा भारतले औषधि निर्यातमा कडाइ गरेको हो । भारतले औषधिको कच्चा पदार्थ चीनबाट धेरै आयात गर्छ । तर सीमित मात्रामा तिनको निर्यात समेत गर्छ । पछिल्लो वर्ष भारतले २२ करोड डलरको कच्चा पदार्थ निर्यात गरेको थियो । तर सोही पदार्थ साढे ३ अर्ब डलरको वार्षिक आयात गर्ने गर्छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x