अफ्रिका र दक्षिण एसियाका किसानलाई बिल गेट्सको १.४ अर्ब डलर सहयोग
अमेरिका । विश्वव्यापी तापक्रम वृद्धिको प्रभावबाट पीडित उप–सहारा अफ्रिका र दक्षिण एसियाका साना किसानहरूले जलवायु परिवर्तनबाट बढ्दो प्रभावित विश्वसँग अनुकूलन गर्न मद्दत गर्न सोमबार १.४ अर्ब अमेरिकी डलरको परोपकारी प्रोत्साहन पाएका छन् ।
बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले चार वर्षमा वितरण गर्ने अनुदान क्षेत्रीय नवप्रवर्तनका लागि छुट्याइएको छ । यसले खडेरी, गर्मीको लहर र अत्यधिक बाढीको समना गर्न सहयोग गर्नेछ । इजिप्टको रेड सी रिसोर्ट शर्म अल–शेखमा कोप २७ जलवायु शिखर सम्मेलनमा गरिएको एक घोषणामार्फत उक्त जानकारी सार्वजनिक गरिएको हो ।
अफ्रिकामा ठूलो खडेरीका कारण लाखौं मानिस भोकमरीको चपेटामा परेका छन् । पाकिस्तानमा आएको भीषण बाढीले खेतीयोग्य जमिन डुबाएको छ र पूर्वाधार नष्ट भएको छ, जसका कारण ३० अर्ब डलरभन्दा बढीको क्षति भएको विश्व बैंकले जनाएको छ । जारी जलवायु शिखर सम्मेलनमा विकासशील राष्ट्रहरूले ‘हानि र क्षति’को लागि पहिले नै महसुस गरिएको प्रभावहरूको मुद्दा शिखर सम्मेलनको एजेन्डामा राख्न आइतबार सहमत भएका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मेलम्चीका भ्रष्टाचारीलाई जेल सजाय निर्धारण
- सेयर लगानीकर्ता अग्रवालविरुद्ध सीआईबीमा उजुरी
- सहकारी ठगी छानबिनबाट देखिएका कारबाहीयोग्य आठ कसुर
- ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण
- पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते
- २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढे
- देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया