Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकामा निर्वाचित भए दुई नेपाली

अमेरिकामा निर्वाचित भए दुई नेपाली


न्युयोर्क । न्युयोर्कस्थित एसोपसकी नेपालीमूलकी सराहना श्रेष्ठले रिपब्लिकन प्रतिद्वन्द्वीलाई हराउँदै राज्यसभा सदस्यमा निर्वाचित भएकी छिन् । स्टेट बोर्ड अफ इलेक्सनको ‘अनअफिसियल’ नतिजाअनुसार उनले प्याट्रिक शिहानलाई पराजित गरेकी हुन् । सराहनाले ३५ हजार चार सय ९३ र शिहानले २३ हजार एक सय चार मत ल्याए । योसँगै श्रेष्ठ १०३औँ असेम्बली डिस्ट्रिक्ट सिट जित्न सफल भएकी हुन् ।

गत जुनमा श्रेष्ठले लामो समय विधान सभा सदस्य रहेका केभिन केहिललाई पार्टीभित्रको प्रारम्भिक निर्वाचनमा हराउँदै विधान सभा सदस्यको लागि डेमोक्रेटिक पार्टीको उम्मेदवारी जितेकी थिइन् । उनी सन् २०१९ मा अमेरिकी नागरिक भएकी थिइन् । उनी डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिकाको मिड हड्सन भ्याली च्याप्टरका लागि अल्स्टर काउन्टी सहप्रमुख हुन् ।

त्यसबाहेक उनी स्वच्छ, नवीकरणीय, ग्राह्य र पहुँचयोग्य ऊर्जा आपूर्तिलाई प्रवर्द्धन गर्ने पब्लिक पावर न्युयोर्कमा पनि आबद्ध छिन् । त्यस्तै, मेरिल्यान्ड जनरल एसेम्बलीका लागि मेरिल्यान्ड राज्यको विधायक (सांसद) मा डेमोक्रयाट पार्टीका तर्फबाट नेपाली मूलका डा ह्यारी भण्डारीले पुनः जितेका छन् । उनी कुल १३ हजार नौ सय ४९ मत ल्याई पहिलो निर्वाचित विधायक बनेका हुन् । यो कुल खसेको मतको २० दशमलव २७ प्रतिशत हो ।

सन् २०१८ मा सम्पन्न निर्वाचनमा विजयी भएर अमेरिकाको मूलधारको राजनीतिमा जित हासिल गर्ने पहिलो नेपाली बनेका भण्डारीले आफ्नो क्षेत्रका नागरिकलाई शिक्षामा सुधारको अभियान अगाडि सारेका थिए । यसका लागि उनले दुवै पटकको निर्वाचनमा ‘टिचर फर डेलिगेट’ भन्ने नारा अगाडि सारेका थिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x