संयुक्त राष्ट्रसंघ र रूसबीच खाद्यान्न र मल निर्यातबारे आज बैठक हुँदै
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका प्रमुखहरूले युक्रेन र रूसबाट ‘ब्ल्याक सी’ सम्झौताअन्तर्गत खाद्यान्न र मल निर्यात गर्ने सम्बन्धमा शुक्रबार जेनेभामा रूसी अधिकारीहरूसँग वार्ता हुने भएको छ ।
संयुक्त राष्ट्रसंघका एक प्रवक्ताले भने, ‘यो छलफलले रूसी महासंघबाट विश्व बजारमा खाद्यान्न र मलको निर्बाध निर्यातलाई सहजीकरण गर्ने दिशामा भएको प्रगतिलाई अगाडि बढाउने आशा गरिएको छ । यसैबीच, रूसले युक्रेनको प्रमुख सहर खेरसनबाट सेना फिर्ता गर्ने भएको छ । मस्कोले आफ्नो नियन्त्रणमा रहेको उक्त सहरबाट आफ्ना सैनिकलाई फिर्ता हुन आदेश दिएको केवल न्युज नेटवर्क (सिएनएन)ले जनाएको छ ।
रक्षामन्त्री सर्गेई शोइगु र युक्रेनमा खटिएका रूसी सेनाका कमाण्डर जनरल सर्गेई सुरोभिकिनबीच मस्कोमा भएको बैठकपछि सेना फिर्ताको आदेश भएको हो । यद्यपि युक्रेनी अधिकारीहरूले आफ्नो पकड सुदृढ तुल्याउन दुई दिशाबाट अगाडि बढिरहेको बेला रूस पछि हटेको बताएका छन् । उनीहरूले रूसी घोषणाप्रति आशंका व्यक्त गरेका छन् । रूसी सैनिकले खेरसन छाड्ने कुनै संकेत नदेखाएको उनीहरूले बताए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
- परराष्ट्रमन्त्री डा. राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता
- क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने : प्रधानमन्त्री ओली
- परराष्ट्रमन्त्रीद्वारा विपीन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण
- आगलागीबाट ३५ लाख बराबरको क्षति
- महोत्तरीका विद्यालय गर्मीका कारण बन्द
- कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
- सन नेपाल लाइफको साधारणसभा सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया