Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारक्यामरुनले २०२१ मा भ्रष्टाचारमा साढे ६ करोड डलर गुमायो

क्यामरुनले २०२१ मा भ्रष्टाचारमा साढे ६ करोड डलर गुमायो


क्यामरुन । क्यामरुनले गत वर्ष भ्रष्टाचारबाट करिब ४४ अर्ब रकम (लगभग ६७ मिलियन अमेरिकी डलर) गुमाएको क्यामरुन भ्रष्टाचार विरोधी आयोगले बिहीबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

यो रकम सन् २०२० को तुलनामा २६ अर्ब क्यामरुनको सकम भन्दा बढी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । स्वास्थ्य, शिक्षा, वित्त, सडक यातायात र प्रादेशिक प्रशासन क्षेत्रहरू सबैभन्दा बढी भ्रष्ट भएकाले प्रहरी र स्थानीय सरकारी अधिकारीहरू सबैभन्दा खराब भ्रष्टाचारी देखिएका छन् ।

‘भ्रष्टाचारका विरुद्ध लड्नका लागि अहिलेसम्म विभिन्न प्रयासहरू भएका छन् तर हामीले हाम्रो रणनीतिलाई अगाडि बढाउन आवश्यक छ । यो सत्य हो कि भ्रष्टाचारविरुद्ध लड्न र सार्वजनिक कोषको व्यवस्थापन जाँच गर्ने सन्दर्भमा जनताले आफ्नो जिम्मेवारीप्रति सचेत भइरहेका छन् तर अधिकारीहरूले पनि त्यसका निम्ति काम गर्न आवश्यक छ’, आयोगका अध्यक्ष डाएउडोन मासी गाम्सले बताएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x