जी२० सम्मेलन – बाइडेन–सी भेटवार्ता हुँदै
जकार्ता । अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ समकक्षी सी चिनफिङसँगको उच्चस्तरीय वार्तामा बेइजिङसँगको तनावपूर्ण सम्बन्धमा विवादको विन्दु (रेड लाइन) स्थापित गर्ने प्रयास गर्ने बताएका छन् ।
एएफपीका अनुसार सोमबार इन्डोनेसियामा हुने जी–ट्वन्टी शिखर सम्मेलनका क्रममा विश्वका २० ठूला अर्थतन्त्र भएका मुलुकका नेताहरूले महामारीपछिको सबैभन्दा ठूलो जमघट गर्नेछन् । मध्यावधि चुनावमा डेमोक्रेटिक पार्टीको अनपेक्षित सफलता र बाइडेनले राष्ट्रपतिका रूपमा सीसँग पहिलो पटक प्रत्यक्ष भेटवार्ता हुन लागेको बताएका छन् ।
तर यो शिखर सम्मेलन बेइजिङ र वासिङ्टनको प्रतिद्वन्द्विता तीव्र हुँदै गएको बेला भएको छ किनकि एक शक्तिशाली र दृढ चीनले अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय व्यवस्थाप्रति फरक मत राख्दै आएको छ । विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच चीनको सिन्जियाङ क्षेत्रमा व्यापार, मानव अधिकार र स्वशासित टापु ताइवानको हैसियतका विषयमा विवाद रहेको र बाइडेनले सीसँग ‘सिधा छलफल’ हुने अपेक्षा गरेको बताएका हुन् ।
इन्डोनेसियाको बाली टापुमा रहेको जी–ट्वन्टी सम्मेलनमा जानुअघि एसियाली नेताहरूसँग भेट गरेका उहाँले नोमपेनमा पत्रकारसँग भने, ‘म सी चिनफिङलाई चिन्छु, उहाँले मलाई चिन्नुभएको छ ।’
बाइडेनले चीन र अमेरिकाबीच निकै थोरै मात्र मतभिन्नताहरू रहेको भन्दै रातो रेखा के हो भनेर खोज्ने अवसर पाएको उल्लेख गरेका छन् । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बाइडेन बाली उड्दै गर्दा पत्रकारहरूसँग बताएअनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देश, दुई राष्ट्रपति र उनीहरूका टोलीले महत्वपूर्ण मुद्दाहरूमा सहयोगात्मक रूपमा काम गर्न सक्ने विषय यस बैठकबाट बाहिर आउने आशा गरेका छन् ।
उत्तर कोरियाले छिट्टै सातौं पटक आणविक परीक्षण गर्ने अपेक्षाबीच बाइडेनले चीनलाई उत्तर कोरियामाथि नियन्त्रणका लागि चिनियाँ राष्ट्रपति सीसँग आग्रह (दबाब) दिने अनुमान गरिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया