Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररोक्न विश्व बैंकले १२ अर्ब डलर सहयोग गर्ने

रोक्न विश्व बैंकले १२ अर्ब डलर सहयोग गर्ने


काठमाण्डौं,फागुन २२
कोरोना भाइरस
बिश्व बैंकले कोरोनाको आकस्मिक उपचारको लागि १२ अर्ब डलर दिने भएको छ । उक्त रकम विकासोन्मुुख राष्ट्रहरुको लागि अतिकम ब्याजदरमा ऋण, अनुुदान र प्राविधिक सहयोग शीर्षकअन्तर्गत दिन लागिएको विश्व बैंकले जनाएको छ । विश्वका धेरै राष्ट्रहरुले कोरोना भाइरसको संक्रमण रोक्ने उपायहरु अवलम्बन गरिरहँदा विश्व बैंकले उक्त प्रतिबद्धता जनाएको हो । भाइरस संक्रमणकै कारण विभिन्न देशले आर्थिक मन्दीको सामना गर्नुपर्ने समेत हुनसक्ने बताइएको छ । खासगरी विश्व बैंकले सार्वजनिक स्वास्थ्यका चुनौतीको सामना गर्न सकून् भनेर उक्त रकम दिन लागेको बीबीसीले जनाएको छ । साथै उक्त रकम सरकारहरुले निजी क्षेत्रसँग मिलेर आर्थिक प्रभाव कम गर्न सहयोग पुग्ने समेत विश्व बैंकले जनाएको छ ।

‘रोगको संक्रमण कम गर्ने उद्देश्यले हामी प्रयासरत छौँ’, विश्व बैंक समूहका अध्यक्ष डेभिड माल्पासले भने । विश्व बैंकले आफूले दिने सहयोग अतिकम विकसित देशलाई प्राथमिकतामा राखेर वितरण गर्ने जनाएको छ । कोरोना भाइरस संक्रमण हाल विश्वका ७० भन्दा बढी देशमा फैलिसकेको छ । घोषित १२ अर्ब डलरमध्ये आधा रकम बैंकको अन्तर्राष्ट्रिय वित्त निगमबाट उपलब्ध हुनेछ । निगमले निजी क्षेत्रसँग काम गर्छ । त्यस्तै ४ अर्ब डलर भने कोषहरुबाट उपलब्ध गराइनेछ । खासगरी विश्व बैंकको उक्त सहयोग कमजोर स्वास्थ्य प्रणाली भएका, सीमित वित्तीय स्रोत भएका र चीनसँग सिधै आर्थिक सम्बन्ध भएका राष्ट्रले पाउनेछन् । ती देशहरुमध्ये श्रीलंका, भियतनाम र फिलिपिन्सलगायत छन् । ओभरसिज डेभलपमेन्ट इन्स्टिच्युटले तयार गरेको जोखिमपूर्ण सूचकांकका आधारमा सहयोग वितरण हुनेछ । अधिकारीहरुका अनुसार विश्वभर भाइरस संक्रमण ९२ हजार जनामा देखिएको छ । त्यसमध्ये ८० हजार चीनकै संक्रमित छन् । हालसम्म भाइरस संक्रमणले ३ हजार बढीको ज्यान गइसकेको छ । मृतक अधिकांश चीनकै छन् । चीनमा बुधबार मात्रै ३८ जनाको ज्यान गएको छ । तर संक्रमित दर भने घटिरहेको एजेन्सीहरुले जनाएका छन् । चीनपछि दक्षिण कोरियामा बढी संक्रमित भएका छन् । हालसम्म बुधबार नयाँ ५ सय १६ जनासहित कुल ५ हजार ३ सय २८ जनामा कोरोना भाइरस संक्रमण फेला परिसकेको छ । कोरियामा यसकै कारण ३३ जनाको मृत्यु भइसकेको छ ।

भाइरस संक्रमणको असर विश्व सेयरबजारमा पनि उस्तै छ । मंगलबार अमेरिकाको डो जोन्स ८ सय अंकले घटेको थियो । सोमबार भने बढेको थियो । कोरोना भाइरसकै प्रभावलाई मध्यनजर गर्दै फेडेरल रिजर्भले शून्य दशमलव पाँच प्रतिशतले ब्याजदर कटौती गर्ने जनाइसकेको छ । यो कटौती दशकयताकै बढी हो । त्यस्तै ग्रुप अफ सेभेन (जी७) राष्ट्रका अर्थमन्त्रीहरुले भाइरसविरुद्ध लड्न आवश्यक कदम चाल्न तयार रहेको बताएका छन् । इरानले संक्रमण रोक्न ५४ हजार कैदीबन्दीलाई अस्थायी रुपमा जेलबाट निकालेको छ । इरानमा पनि दुई हप्ताभित्र ७७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै संक्रमितको संख्या समेत ५० प्रतिशतले बढेको जनाइएको छ । उता इटलीमा भाइरसकै कारण मर्नेको संख्या २४ घण्टाभित्र ५० प्रतिशतले बढेको छ । इटलीमा ७९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै अमेरिकामा ६ जनाको मृत्यु भएको छ । स्पेनमा एक जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x