Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशको प्रतिव्यक्ति आय बढ्यो

बंगलादेशको प्रतिव्यक्ति आय बढ्यो


ढाका । बंगलादेशको प्रतिव्यक्ति आय वृद्धि अघिल्लो बर्षको तुलनामा बढेको छ । आर्थिक वर्ष २०२१/०२२ (जुलाई २०२१ देखि जुन २०२२) को बंगलादेशको प्रतिव्यक्ति आय दुई हजार आठ सय २४ अमेरिकी डलर पुगेको बुधबार सार्बजनिक पछिल्लो आधिकारिक तथ्यांकले देखाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०२०–०२१ (जुलाई २०२० देखि जुन २०२१) मा बंगलादेशको प्रतिव्यक्ति आय दुई हजार ५९१ डलर रहेको थियो । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गरिएको प्रतिवेदनअनुसार सन् २०२१/०२२ मा बंगलादेशको कूल गार्हस्थ उत्पादन वृद्धिदर ७.२५ प्रतिशत पुगेको छ ।

बंगलादेशको तथ्यांक विभागले आर्थिक वर्ष २०२१–०२२ मा देशको कूल गार्हस्थ उत्पादन चार खर्ब ६५ अर्ब डलर पुगेको जनाएको छ । बंगलादेशमा पछिल्लो समय इन्धन अभाब, ऊर्जा संकट र विश्वव्यापी खाद्यान्न समस्यालगायतका कारण आर्थिक मन्दी बढेको भन्दै यसलाई सम्बोधन गर्न विभिन्न तहमा बहस चलिरहेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x