Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररुसी बर्बरताले एक करोडभन्दा बढी युक्रेनी बिजुलीविहीन

रुसी बर्बरताले एक करोडभन्दा बढी युक्रेनी बिजुलीविहीन


किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका विभिन्न सहरमा रूसको आक्रमणले देशको ऊर्जा पूर्वाधारलाई क्षति पु-याएपछि लाखौँ युक्रेनी नागरिक विद्युतविहीन भएको बताएका छन् ।

‘हाल एक करोडभन्दा बढी युक्रेनी नागरिक विद्युतविहीन भएका छन्’, उनले भने । विद्युत् अभावका कारण ओडेसा, भिन्निट्सिया, सुमाइ र किभ क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् ।

जेलेन्स्कीले भने, ‘हामी आपूर्तिलाई सामान्य बनाउन सबै प्रयास गरिरहेका छौँ ।’ रुसविरुद्ध युद्धभूमिमा विजय हासिल गरेपछि युक्रेनले आफ्नो विद्युत ग्रिडमाथि आक्रमणको सामना गर्नुपरेको छ, पछिल्लो समय दक्षिणी सहर खेरसनबाट मस्को पछि हटेको छ । युक्रेनका विभिन्न सहरमा एएफपीका पत्रकारहरूले पछिल्लो आक्रमण यस सिजनको पहिलो हिमपातसँगै भएको बताएका छन् ।

युक्रेनको विद्युत पूर्वाधारमा ठूलो क्षतिका कारण अधिकारीहरूले ग्रिडलाई सन्तुलनमा राख्न बिजुली कटौती गरिरहेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x