Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअफगानिस्तानको मानवीय अवस्थाप्रति भारतको चिन्ता

अफगानिस्तानको मानवीय अवस्थाप्रति भारतको चिन्ता


नयाँ दिल्ली । अफगानिस्तानको अहिलेको मानवीय अवस्थालाई लिएर भारतले चिन्ता व्यक्त गरेको छ । साथै उसले लामो युद्धबाट प्रताडित देशका जनतालाई मद्दत गर्ने आफ्नो अटल प्रतिबद्धता पुनः दोहो-याएको छ ।

अफगानिस्तानमा बढ्दै गएको मानवीय अवस्थाप्रति भारत गम्भीर रुपमा चिन्तित भएको तथा त्यहाँका जनताको मानवीय आवश्यकता र सहायता परिपूर्तिका निम्ति संयुक्त राष्ट्रसङ्ले गरेको अपीलको प्रत्युत्तरमा आफ्नो देशले मानवीय सहायताका धेरै सामग्री उपलव्ध गराएको राष्ट्रसङ्घका लागि यहाँस्थित भारतको स्थायी नियोगका काउन्सिलर मधु सुदनले बताएका छन् ।

सुरक्षा परिषद्को एक बैठकमा अफगानिस्तानको निकट छिमेकी भारतले लामो समयदेखिको साझेदार उसको परिस्थितिलाई ध्यान दिँदै देशमा शान्ति र स्थायित्व सुनिश्चित गर्न निरन्तर सहयोग गरिरहेको काउन्सिलर सुदनले अर्बौँ लगानीका परियोजना र कार्यक्रम कार्यान्वयन गरेको बताए ।

तालिबानले सत्ता कब्जा गर्नु अघि पनि अफगानिस्तानको विकास, पुनर्निर्माण र जनताको क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ उसलाई आत्मनिर्भर राष्ट्र बनाउने उद्देश्यले विकास साझेदार भएर भारतले सघाइरहेको जानकारी दिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x