Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचिनियाँ राष्ट्रपतिको आह्वान: विधिमा आधारित खुला व्यापार गरौँ

चिनियाँ राष्ट्रपतिको आह्वान: विधिमा आधारित खुला व्यापार गरौँ


बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले विधिमा आधारित खुला व्यापार र लगानीका निम्ति आह्वान गरेका छन् । एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) का प्रमुख कार्यकारी अधिकृतहरूको शिखर सम्मेलन समापनका अवसरमा उनले दिगो व्यापार र लगानी यस क्षेत्रको समग्र विकासका लागि अपरिहार्य भएको बताए ।

सिन्ह्वाका अनुसार बहुपक्षीयतालाई वास्तविक रुपमा कायम राख्नुपर्ने र बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्नुपर्ने विधिमा आधारित बहुपक्षीय व्यापार प्रणालीको संरक्षण गर्न तथा विश्वव्यापी औद्योगिक एवम् आपूर्ति शृङ्खलालाई सुरक्षित र स्थिर राख्न साझा प्रयास हुनुपर्नेमा उनले जोड दिए ।

खुला, भेदभावरहित व्यापार र लगानीको वातावरण निर्माण गर्न तथा सामूहिक हितको खातिर समावेशितामा ध्यान दिन उत्तिकै जरूरी भएको विचार चिनियाँ राष्ट्रपतिले व्यक्त गरे । क्षेत्रीय आर्थिक सहयोग संरचना निर्माण, साना तथा मझौला उद्यमको विकास, एसिया–प्रशान्त क्षेत्रको बजार प्रवर्द्धन, आर्थिक पुनरुत्थान तथा दिगो विकासलाई सहज बनाउनेतर्फ लाग्नुपर्ने बताए ।

चीनले ग्रामीण क्षेत्रको पुनरुत्थान, एसिया–प्रशान्त क्षेत्रको समृद्धिका लागि खुला क्षेत्रीय सहयोगलाई समर्थन गर्ने, क्षेत्रीय आर्थिक सहयोगको स्तर उकास्ने, परिष्कृत प्रविधि प्रयोग गरेर नयाँ उत्पादन बजारमा पु-याउन तथा उच्चस्तरको खुलापनप्रतिको आफ्नो प्रतिबद्धताबाट आफ्नो देश पछि नहट्ने दृढता राष्ट्रपति सीले व्यक्त गरे ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x