Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीन र रुसको श्रव्यदृश्य आदानप्रदान

चीन र रुसको श्रव्यदृश्य आदानप्रदान


बेइजिङ । चीन र रुसले आइतबार भिडियो लिंकमार्फत ‘श्रव्य दृश्य सञ्चार सप्ताह–२०२२’ को प्रमुख सांस्कृतिक आदानप्रदान कार्यक्रम सुरु गरेका छन् ।

चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनका उपप्रमुख ले युचेङ, रुसका डिजिटल विकास, सञ्चार तथा आमसञ्चार उपमन्त्री बेला चेर्केसोवा र चीनका लागि रुसी राजदूत इगोर मोरगुलोभले एक समारोहका बीच भिडियो सन्देशहरू दिएका थिए ।

‘चीन–रुस श्रव्य दृश्य सञ्चार सप्ताह–२०२२’ मा दुई देशका श्रव्यदृश्य कृतिहरू एकअर्काको भाषामा अनुवाद गरी एकअर्काको देशमा प्रसारण गरिनेछ । कार्यक्रममा चिनियाँ र रुसी युवा गायकहरूका लागि अनलाइन गाला (प्लेटफर्म), छोटो भिडियो प्रतियोगिता र एनिमेसन व्यवसायका फर्महरूका लागि लाभदायक हुने सेमिनार पनि समावेश हुनेछन् । रासस/सिन्ह्वा


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x