Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारइरानमा बालबालिकाको मृत्युप्रति युनिसेफको चिन्ता

इरानमा बालबालिकाको मृत्युप्रति युनिसेफको चिन्ता


तेहरान । इरानमा जारी विरोध प्रदर्शनका क्रममा बालबालिकाको मृत्यु भएको विषयलाई लिएर संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

इरानमा जारी विरोधक्रममा ५० जना बालबालिकाले ज्यान गुमाएका युनिसेफद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । इरानमा दुई महिनाभन्दा बढी समयदेखि जारी अशान्तिप्रति युनिसेफ, एम्नेस्टी इन्टरनेशनल र अन्य मानवअधिकारवादी संघसंस्थाले बालबालिकाविरुद्धको अपराध र मानवअधिकार उल्लंघनमा कारबाही गर्न माग गरेका छन् ।

इरानमा बालबालिकाको हत्या भएको, विभिन्न घटनामा उनीहरू घाइते भएका तथा कुनै गम्भीर कसुरमा दोषी नहुँदा पनि हिरासतमा लिइएकामा युनिसेफ गहिरो चिन्ता व्यक्त गरेको छ । गत बुधवार सात जना बालबालिका मारिएका थिए । मारिनेमा एक जना १० वर्षका बालक रहेका बताइएको छ ।

आफ्ना मातापितासँग कारमा यात्रा गरिरहेको ती बालकको गोली हानी हत्या गरिएको थियो । उनका बुबा गोली लागेर घाइते भएका उनकी आमाले सञ्चारमाध्यमलाई बताएकी जनाइएको छ । इरानी मानव अधिकार समूहकाअनुसार प्रदर्शन सुरु भएदेखि कम्तीमा तीन सय ७८ जना मारिएका छन् । रासस/एएनआई


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x