Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसाउदीले विश्वकपमा कतारलाई सघाउने

साउदीले विश्वकपमा कतारलाई सघाउने


रियाद । साउदी अरबले फिफा विश्वकपमा कतारलाई सहयोग गर्ने भएको छ । साउदी युवराजले कतारमा जारी विश्वकप फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न छिमेकी देशलाई सघाउने बताएको हो ।

साउदी अरबका युवराज एवम् प्रधानमन्त्री मोहम्मद बिन सलमान अलसाउदले आफ्नो सरकारले विश्वकपको समयमा कतारलाई सहयोग गर्ने जनाउँदै सम्बद्ध निकायलाई सहायता उपलव्ध गराउन आदेश दिएको साउदी खेलकुद मन्त्रालयले जनाएको छ ।

एक महिनासम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा युवराज अल साउदले कतारका प्रयासमा सघाउन, समर्थन गर्न एवम् थप कोषसमेत उपलव्ध गराउन सरकारी निकायहरूलाई निर्देशन दिनुभएको उक्त मन्त्रालयले एक वक्तव्य निकालेर बताएको छ ।

सन् २०१७ मा संयुक्त अबर इमिरेट्स, साउदी अरब, बहराइन र इजिप्टले आतङ्वादप्रति कतार नरम रहेको आरोप लगाउँदै दोहासँगको कूटनीतिक सम्बन्ध तोडेका थिए । आफ्नो आर्थिक सफलताबाट ती छिमेकी देश असन्तुष्ट भएको भन्दै उक्त आरोप दोहाले अस्वीकार गर्दै आएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x