Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारइरानले विश्वकपमा कतारलाई दैनिक २५० टन खाद्यान्न निर्यात गर्दै

इरानले विश्वकपमा कतारलाई दैनिक २५० टन खाद्यान्न निर्यात गर्दै


तेहरान । इरानले फिफा विश्वकपमा कतारमा प्रतिदिन २५० टन खाद्यान्न र कृषि उत्पादन निर्यात गर्ने इरानको ट्रेड प्रमोशन अर्गनाइजेसन (टीपीओ) प्रमुखले आइतबार जानकारी दिएका छन् ।

इरानले दुई देशबीचको सम्झौताअनुसार कतारमा केही ढुवानी शुरु गरिसकेको इरानको आईआरआईबी समाचार एजेन्सीले टीपीओका अध्यक्ष अलिरेजा पेमनपाकलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

कतार लगायत छिमेकीहरूसँगको व्यापार बढाउनु वर्तमान इरानी सरकारको मुख्य दृष्टिकोण रहेको पेमनपाकले जोड दिएका छन् । पेमनपाकले भने यसअघि इरान र कतारबीचको व्यापारिक सम्बन्ध उपयुक्त भन्सार र यातायात पूर्वाधारको अभावमा आंशिक रूपमा समाधान भइसकेको भए पनि अन्य समस्याका कारण अपेक्षाकृतरूपमा विकास हुन सकेको छैन ।

उनले इरान र कतारले आफ्नो वार्षिक द्विपक्षीय व्यापार कारोबारलाई ३ अर्ब अमेरिकी डलरमा पु-याउने रोडम्याप तयार गरेको पनि बताएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x