इन्डोनेसियामा भूकम्प
बाली । इन्डोनेसियाको मुख्य जाभा टापुमा गएको भूकम्पमा परी सयभन्दा बढीको मृत्यु भएको छ । बीबीसीका अनुसार सोमबार राति अबेरसम्म मृत्यु हुनेको संख्या एक सय ६२ नाघेको छ । भूकम्पमा परी सयौँ घाइते समेत भएका छन् ।
पश्चिम जाभाको सियान्जुर सहरमा ५.६ रेक्टर स्केलको भूकम्प गएको हो । अमेरिकी भौगर्भिक सर्भे तथ्यांकअनुसार सतहको १० किमि गहिराइमा भूकम्प गएको हो । भूकम्पलगत्तै प्रभावित मानिसको उद्धार थालिएको थियो भने घाइतेलाई अस्पताल पु¥याइएको थियो । अस्पतालको बाहिर नै राखेर घाइतेको उपचार गरिएको जनाइएको छ ।
ठूला भवनहरु भत्किँदा मानिसहरु च्यापिएको बताइएको छ । भूकम्प गएको स्थानमा उच्च जनघनत्व रहेको छ । घरहरुसमेत राम्रोसँग नबनाइएका कारण ठूलो जनधनको क्षति हुनपुगेको बीबीसीले जनाएको छ । घाइते र मृत्युको संख्या एकीन हुन नसकेको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया