बीवाईडीको ल्यान्डरोभर र मर्सिडिज बेन्जलाई उछिन्ने योजना
बेइजिङ । चीनको विद्युतीय सवारी उत्पादक बीवाईडीले आक्रामक रुपमा बजार विस्तार गर्ने योजना ल्याएको छ । प्रिमियम स्पोर्ट युटिलिटी भेहिकल (एसयूभी) बजारमा ल्याएर अन्य विलासी गाडीको बजार खोस्ने योजना कम्पनीले ल्याएको हो ।
मर्सिडिज बेन्ज र ल्यान्ड रोभरजस्ता चर्चित कम्पनीलाई उछिन्ने गरी अघि बढ्ने योजना चिनियाँ कम्पनी बीवाईडीले बनाएको हो । शेन्जेनको कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी वांग चुआनफुले बुधबार कम्पनीको मुख्यालयमा न्यु प्रिमियम ब्रान्ड यांगवांगजस्तो उत्पादन मोडल सार्वजनिक गर्ने बताए ।
यी कारहरु सन् २०२३ को पहिलो त्रैमासिकसम्म उत्पादन सुरु हुनेछन् । यो कारको मूल्य १० लाख युआन अर्थात् १ लाख ४१ हजार १ सय ४० अमेरिकी डलरजति पर्न सक्नेछ । बीवाईडीले १० लाख युआन हाराहारी मूल्यका विलासी कार बनाउनलागेको हो । जुन अत्याधुनिक प्रविधिले सुसज्जित हुने बताइएको छ ।
चिनियाँ अर्बपति रहेका उनले कारको ड्राइभिङ रेन्ज र स्मार्ट फिचरबारे भने त्यति धेरै खुलाएनन्। तर स्रोतलाई उद्धृत गर्दै एससीएमपीले लेखेअनुसार उक्त विलासी कार अफरोड एसयूभी हुनेछ र यसले ल्यान्डरोभरको डिस्कभरी र मर्सिडिज बेन्जको जी–क्लास मोडललाई चुनौती पेस गर्नेछ ।
यसअघि सेमिकन्डक्टर युनिटबारे योजना बनाइरहेको उसले त्यसलाई हटाउँदै नयाँ कारको योजना प्रस्तुत गरेको हो । बीवाईडीले यसअघि नै टेस्लालाई संसारको ठूलो ईभी एसेम्ब्लरबाट हटाउँदै आफूलाई पहिलो बनाएको थियो। यसबाहेक उसले बिक्रीमा समेत टेस्लालाई उछिनेको थियो । टेस्लासँगै चिनियाँ अन्य कम्पनीहरु नियो र जेपेंगले ३ लाख युआनका कार बिक्री गर्दै आएकामा बीवाईडीले भने १ लाख र २ लाख युआनबीचको मूल्यमा आफ्ना सवारीसाधन बेच्दै आएको छ ।
गत अक्टोबरमा बीवाईडीले जुलाई–सेप्टेम्बरमा आम्दानी ३५० प्रतिशतले बढेर ५ अर्ब ७२ करोड युआन पुगेको बताएको थियो । कम्पनीले सेप्टेम्बरमा अट्टो ३ कार ल्याएको थियो। यसको ड्राइभिङ रेन्ज ४१० किमि छ भने मूल्य ३० हजार ९८४ अमेरिकी डलर छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया