इन्डोनेसिया भूकम्पमा मृत्यु हुने संख्या २६८ पुग्यो, १५१ अझै बेपत्ता
बाली । पश्चिमी इन्डोनेसियामा सोमबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई सय ६८ पुगेको छ भने एक सय ५१ जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीले मंगलबार बताएका छन् ।
राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका प्रमुख सुहर्यान्तोले पत्रकार सम्मेलनमा बताएअनुसार मृत्यु हुनेको संख्या दुई सय ६८ पुगेको छ । सोमबार इन्डोनेसियाको पश्चिम जाभा प्रान्तमा गएको ५.६ म्याग्निच्युडको भूकम्पमा एक हजार ८३ जना घाइते भएका र ५८ हजार तीन सय ६२ जनालाई घरबाट भाग्न बाध्य बनाएको थियो । भूकम्पले २१ हजारभन्दा बढी घर र पूर्वाधारमा क्षति पुगेको बताइएको छ । भूकम्पपीडितको खोजी तथा उद्धार कार्य अझै जारी रहेको सुहर्यान्तोले बताएका छन् ।
यसअघि मंगलबार इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले अधिकारीहरूलाई उद्धारकार्यलाई तीव्रता दिन र प्राथमिकता दिन र पीडितको उद्धार गर्न आग्रह गरेका थिए ।
भूकम्पबाट क्षति भएका घरलाई सरकारले करिब एक करोड रुपैयाँदेखि पाँच करोड रुपैयाँसम्मको क्षतिपूर्ति दिने घोषणा गरेको छ । राष्ट्रपतिले भूकम्प प्रभावित क्षेत्रको भ्रमणका क्रममा सो घोषणा गरेका हुन् । विडोडोले निर्माण गर्नुपर्ने नयाँ घर भूकम्प प्रतिरोधी हुनुपर्नेमा जोड दिएका छन् ।
सोमबार जकार्ता समय १३ः२१ मा गएको भूकम्पको केन्द्रविन्दु पश्चिमी जाभा प्रान्तको सिआनजुर जिल्लाको १० किलोमिटर दक्षिणपश्चिममा र १० किलोमिटर गहिराइमा रहेको मौसम विज्ञान, मौसम विज्ञान र भूभौतिक निकायले जनाएको छ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया