संसारकै ठूलो आईफोन फ्याक्ट्रीको अफर : पैसा लेऊ, कम्पनी छोड !
हङकङ । भर्खरै कम्पनीमा नियुक्त भएका कामदारलाई संसारकै ठूलो आईफोन फ्याक्ट्रीले पैसा दिएर विदा लिन आग्रह गरेको छ । सीएनएनका अनुसार फक्सकोनले ती कामदारलाई १० हजार युआन अर्थात् एक हजार चार सय अमेरिकी डलर लिएर कम्पनी छोड्न आग्रह गरेको हो ।
मध्य चीनमा रहेको कम्पनीको परिसरमा सयौँ विरोध प्रदर्शन तथा सुरक्षाकर्मीसँग झडप भएपछि कम्पनीले यस्तो अफर गरेको बताइएको छ । झेंग्झोउमा रहेको क्याम्पसमा हिंसात्मक प्रदर्शन भएपछि बुधबार एप्पल आपूर्तिकर्ताले यस्तो अफर गरेको थियो । झेंग्झोउ हेनान प्रान्तको राजधानी हो ।
कम्पनीले टेक्स्ट सन्देशमार्फत प्रदर्शनकारी कामदारलाई पैसा दिएर विदा हुन भनेको थियो । सन्देशमा यदि फक्सकोन छाड्ने भए ८ हजार युआन दिने वाचा गरेको छ । त्यसमा दुई हजार युआन थपेर यात्राखर्च समेत दिने उल्लेख छ ।
मंगलबार राति कम्पनीका नयाँ रोजगार भुक्तानी प्याकेज, आवासीय प्रबन्ध र कोभिड कडाइलाई लिएर विरोध भएको थियो । बुधबार उक्त विरोध प्रदर्शन हिंसात्मक भएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सहकारी ठगीमा पक्राउभन्दा फरार बढी
- विदेशमा रहेका नेपालीलाई स्वदेशमा अवसर सिर्जना गर्न प्रधानमन्त्री ओलीको आग्रह
- वाणिज्य बैंकहरूको ऋण ‘पोर्टफोलियो’मा आईएमएफको अविश्वास
- बालेनको चाल काठमाडौं महानगरका लागि शुभ सङ्केत हुन सक्दैन
- किन घट्यो बैंकमा मुद्दती खाताको अनुपात ?
- फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन
- सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा अनिवार्य टिकटको व्यवस्था
- धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया