पोल्याण्डले दोस्रो विश्वयुद्धको क्षतिपूर्ति माग्दै ईयूलाई कूटनीतिक नोट पठायो
वार्स । पोल्याण्डले जर्मनीविरुद्धको युद्धको क्षतिपूर्तिको दाबी गर्दै युरोपेली संघ (ईयु) का सबै देशहरू, उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) र काउन्सिल अफ युरोपलाई कूटनीतिक नोट पठाएको छ । पोल्याण्डका उपविदेशमन्त्रीले दिएको जानकारीअनुसार सेप्टेम्बर १ मा पोल्याण्ड सरकारले दोस्रो विश्वयुद्धमा पोल्याण्डले भोगेको भौतिक क्षतिको विस्तृत विवरण प्रस्तुत गरेको थियो। यसले जर्मनीसँग १.३ ट्रिलियन युरो को आर्थिक क्षतिपूर्ति मागिरहेको छ ।
पोल्याण्डको विदेश मन्त्रालयले जर्मनीलाई युद्धको क्षतिको क्षतिपूर्तिको लागि अनुरोध गर्दै कूटनीतिक नोट पठाएको हो । यद्यपि जर्मनीले पोल्याण्डलाई क्षतिपूर्तिको मुद्दाका विषयमा भने कुनै प्रतिक्रिया दिएको छैन । प्रतिवेदन तयार गर्ने जिम्मा लिएको टोलीको नेतृत्व गरेका पोल्याण्डका उपविदेशमन्त्री अर्काडियस मुलार्कजिकले पोल्याण्ड प्रेस एजेन्सी (पीएपी) लाई कूटनीतिक नोट कूटनीतिज्ञ, राजनीतिज्ञ, मानवअधिकारसँग संलग्न र अन्तरराष्ट्रिय वकिलहरूलाई जानकारी गराउन पठाइएको बताए । उनले भने, ‘युरोपेली र अन्तरराष्ट्रिय कानुनको शासन, मानव अधिकारसँग सरोकार राख्छ ।’
मुलार्कजिकले प्रतिवेदन कागजातले जर्मनीले युद्धको परिणामस्वरूप पोल्याण्डले भोगेको नोक्सानलाई व्यवस्थित नगरेको देखाएको छ । यसले लुटेका कलाकृतिहरू एवं बैंक सम्पत्तिहरू फिर्ता गरेको देखिँदैन । पोलिस नागरिकहरूलाई जर्मनीको आक्रामकताको परिणामस्वरूप उनीहरूले भोगेको क्षतिको लागि क्षतिपूर्ति दिएको थियो ।
बर्लिनले पोल्याण्डसँगको आफ्नो खाता नमिलेको र वार्साले पठाएको कूटनीतिक नोटको जवाफ पनि नदिएको भन्दै पोल्याण्डले यस विषयमा अन्तर्राष्ट्रियस्तरमा छलफल सुरु गर्न चाहेको छ । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- दार्चुला जीप दुर्घटना: आठ जनाको मृत्यु, पाँच घाइते
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
- बाह्य व्यापार र निकासीमा अनुदान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया