Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअर्को वर्ष विद्युत् कटौती अन्त्य गर्ने श्रीलंकाको योजना

अर्को वर्ष विद्युत् कटौती अन्त्य गर्ने श्रीलंकाको योजना


कोलम्बो । श्रीलंकाका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले शनिबार पत्रकारहरूलाई आगामी जनवरीसम्ममा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्न सबै सम्भावित उपायहरू अपनाउने बताएका छन् ।

श्रीलंकाले फेब्रुअरी २०२२ देखि दैनिक बिजुली कटौतीको सामना गरिरहेको छ  । कुनै बेला दैनिक १३ घण्टासम्मको बिजुली कटौती भएको थियो । जुन अहिले दिनको लगभग दुई घण्टामा घटेको छ । मन्त्रीका अनुसार सरकारले पछिल्ला केही महिनामा विद्युत् कटौतीलाई ठूलो मात्रामा कम गर्न कदम चालेका छन् ।

हरेक वर्ष माघ र असार महिनामा विद्युत महसुल परिमार्जन गर्नु उपयुक्त हुने भन्दै उनले विद्युत् महसुल परिमार्जन नगरी त्यसो गर्न नसकिने बताएका छन् । मन्त्रीका अनुसार उनीहरूले सन् २०२३ मा नवीकरणीय ऊर्जालाई बढावा दिने योजना पनि बनाएका छन् र यो श्रीलंकाका लागि ऊर्जाको उत्तम स्रोत पनि हो । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x