Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएडीबीले पाकिस्तानमा सहयोग गर्ने

एडीबीले पाकिस्तानमा सहयोग गर्ने


इस्लामावाद । एसियाली विकास बैंक (एडीबी)ले कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि फुटबल आपूर्ति गर्ने विश्वको फुटबल उत्पादन राजधानीका रुपमा परिचित पाकिस्तानको सियालकोट सहरमा पूर्वाधार र सेवा विस्तारमा सहयोग गर्ने भएको छ ।

एडीबीले मनिलाबाट शुक्रबार सार्वजनिक गरेको एक भिडियोमा पाकिस्तानको पूर्वी पञ्जाब प्रान्त सियालकोटसहितका धेरै सहरमा ‘पूर्वाधार र सेवा’ विस्तार गर्न सहयोग गरिरहेको जनाएको छ । ‘यदि तपाईंले कहिल्यै फुटबल खेल्नुभएको छ भने तपाईले खेलेको त्यो बल सियालकोटमा बनेको हुनसक्छ’, एडीबीले भनेको छ, ‘बैंकले सहरमा भरपर्दो पानी आपूर्ति प्रदान गर्न, सरसफाइ प्रणालीमा सुधार गर्न र पहुँचयोग्य, हरित सार्वजनिक स्थानहरू विकास गर्न मद्दत पु¥याइरहेको पनि जनाएको छ ।’

सियालकोट विमानस्थलका अध्यक्ष ख्वाजा मसूद अख्तरले भने, ‘हामीसँग अन्तर्राष्ट्रिय ग्राहक छन् । सहरका पूर्वाधारहरू, सडक, रेलमार्ग, विमानस्थलहरू, र सुक्खा बन्दरगाहहरूलाई चिनाउनु धेरै महत्वपूर्ण भएको छ ।’ 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x