Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारम्यानमारमा १ करोड ३३ लाख डलरबराबरको लागूऔषध बरामद

म्यानमारमा १ करोड ३३ लाख डलरबराबरको लागूऔषध बरामद


म्यानमार । म्यानमारका अधिकारीहरूले शान राज्यमा २८ अर्ब क्याट (१ करोड ३३ लाख अमेरिकी डलर) भन्दा बढी मूल्यको ०.६ मिलियन एक्स्टेसी ट्याब्लेट (लागूऔषध) जफत गरेको छ ।

राज्य सञ्चालित सञ्चारमाध्यमले प्रहरी स्रोतलाई उद्धृत गर्दै आइतबार जनाएअनुसार लागूऔषध विरुद्धको अपरेशनमा प्रहरीले गत नोभेम्बर २१ मबजे पूर्वी शान राज्यको ताचिलेक टाउनसिपमा रहेको एउटा घरमा छापा मारेर सो परिमाणको लागूऔषध बरामद गरेको हो ।

कारबाहीका क्रममा घरबाट एक सय १३ दशमलव ४ किलो ह्याप्पी वाटर, ३५ हजार थान इरिमिन–५ ट्याब्लेट र एउटा होन्डा गाडीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । घरको मालिकलाई देशको नार्कोटिक ड्रग्स र साइकोट्रोपिक पदार्थ कानुनअन्तर्गत कारबाही सिफारिस गरिएको छ । सो घटनाबारे अनुसन्धान जारी रहेको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x