Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकी डलरसँग कमजोर भारतीय रुपैयाँ

अमेरिकी डलरसँग कमजोर भारतीय रुपैयाँ


नयाँ दिल्ली । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको बढ्दो मूल्यका कारण अन्तरबैंक विदेशी मुद्रा विनिमय बजार प्रभावित भएको छ । योसँगै भारु मंगलबार अमेरिकी डलरको तुलनामा चार पैसाले अवमूल्यन भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

चार पैसाको अवमूल्यनपछि भारु प्रतिडलर ८१.७२ मा कायम भएको छ । घरेलु सेयरबजारमा बलियो रुख र विदेशमा डलर कमजोर हुँदा भारुको गिरावटमा केही अंकुश लागेको बताइएको छ । अन्तरबैंक विदेशी मुद्रा विनिमय बजारमा भारु ८१.५८ को अवस्थामा खुलेको थियो । तर पछि गिरावट आउन सुरु भएको थियो । कारोबारका दौडान ८१.५७ को उच्चस्तर र ८१.७४ को न्यूनस्तरमा पुगे पनि अन्त्यमा चार पैसाको गिरावटपछि ८१.७२ प्रतिडलरमा विनिमय बजार बन्द भएको थियो । पछिल्लोपटक डलरको तुलनामा भारु ८१.६८ प्रतिडलरको अवस्थामा थियो ।

विश्वका छ प्रमुख मुद्राको तुलनामा डलरको गिरावट वा बढावट देखाउने सूचकांक शून्य दशमलव ३३ प्रतिशत गिरावटसँगै १०६.३३ मा पुगेको थियो । त्यस्तै विश्व तेल मानक ब्रेन्ट क्रुड २.३३ प्रतिशतले बढेर ८५.१३ डलर प्रतिब्यारेल भएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x