Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीन–रुस ऊर्जा प्रवर्द्धन गर्न तयार

चीन–रुस ऊर्जा प्रवर्द्धन गर्न तयार


बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले मंगलबार चीन रुससँग ऊर्जा सहकार्यमा घनिष्ट साझेदारी गर्न तयार रहेको बताएका छन् । ऊर्जा सहयोग चीन र रुसबीचको व्यावहारिक सहयोगको महत्त्वपूर्ण आधारशिला हो र विश्व ऊर्जा सुरक्षा कायम राख्नको लागि सकारात्मक शक्ति भएको राष्ट्रपति सीले चौथो चीन–रुस ऊर्जा व्यापार मञ्चलाई पठाएको बधाइ पत्रमा उल्लेख गरिएको छ ।

उनले बाह्य जोखिम र चुनौतीहरूको सामना गर्दै दुई देशले सञ्चार र समन्वयलाई सुदृढ बनाएको र ठूला सहयोगी परियोजनाहरूलाई अगाडि बढाएको पनि उल्लेख गरेका छन् । राष्ट्रपति सीले यस नयाँ युगमा चीन–रूस बीच ऊर्जा विकासमा सहयोग र समन्वयको व्यापक रणनीतिक साझेदारीको व्यापक सम्भावनाहरूमा पनि जोड दिएका छन् ।

राष्ट्रपति सीले स्वच्छ र हरित ऊर्जा विकासमा जोड दिन र अन्तरराष्ट्रिय ऊर्जा सुरक्षा र औद्योगिक र आपूर्ति शृंखलाको स्थिरताको रक्षा गर्न र दीर्घकालीन, स्वस्थ र दिगो विकासमा नयाँ योगदान पु-याउन चिनियाँ पक्ष रुससँग हात मिलाउन तयार रहेको पनि बताएका छन् । यस्तै मंगलबार नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि ऊर्जा व्यापार मञ्चलाई बधाइ पत्र पठाएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x