Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारस्विट्जरल्यान्डद्वारा रुसको आठ अर्ब डलर सम्पत्ति जफत

स्विट्जरल्यान्डद्वारा रुसको आठ अर्ब डलर सम्पत्ति जफत


जेनेभा । स्विट्जरल्याण्डले युक्रेनमा रूसले सुरू गरेको युद्धलाई लिएर लगाइएको प्रतिबन्धअन्तर्गत रूसको कुल ७.५ अर्ब स्विस फ्रान्क (७.९ अर्ब अमेरिकी डलर) जफत गरेको बिहीबार जनाएको छ ।

महिनौँदेखि रोक्का भइरहेको यो रकम गत जुलाईमा स्टेट सेक्रेटेरिएट फर इकोनोमिक अफेयर्स (सेको) ले उपलब्ध गराएको आँकडाभन्दा करिब एक अर्ब स्विस फ्रान्क बढी हो । धनी रूसी र तिनका सम्पत्तिका लागि उपयुक्त गन्तव्य स्विट्जरल्यान्डमा पनि १५ शीर्षकमा रूसी सम्पत्ति जफत गरिएको छ ।

सेकोका द्विपक्षीय आर्थिक सम्बन्धका प्रमुख एर्विन बोलिंगरले पत्रकारहरूसँग कुनै पनि समयमा जफत गरिएको रकमले ‘प्रतिबन्धहरूको प्रभावकारिता प्रतिविम्बित गर्न’ आवश्यक नभएको बताए । स्विस अधिकारीहरूले रूसमाथि प्रतिबन्धहरू लागू गर्न खोजिरहेका छन् कहिलेकाहीँ सावधानीको उपायको रूपमा सम्पत्तिलाई रोक्का गरिन्छ र कहिलेकाहीँ स्पष्टीकरण पूरा भएपछि पनि फेरि प्रतिबन्ध जारी हुन सक्छ ।

रूसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेको चार दिनपछि सामान्य रूपमा तटस्थ देखिने स्विट्जरल्यान्डले मस्कोविरुद्ध छिमेकी युरोपेली संघको प्रतिबन्धसँग आफूलाई मिलाउने निर्णय गरेको थियो । युरोपेली संघका समकक्षीहरूजस्तै स्विस बैंकहरूलाई पनि रुसी नागरिक वा रूसमा रहेका व्यक्ति वा संस्थाहरूबाट एक लाख स्विस फ्रान्कभन्दा बढीको निक्षेप स्वीकार गर्न प्रतिबन्ध लगाइएको छ र उक्त रकमभन्दा बढी सबै विद्यमान निक्षेपहरू घोषणा गर्न आदेश दिइएको छ ।

विद्यमान निक्षेप घोषणा गरिएको कूल ४६.१ अर्ब स्विस फ्रान्क घोषणा गरिएको छ तर सेकोका अनुसार यो ‘स्विट्जरल्याण्डमा जम्मा गरेको रूसी मूलको कुल रकमसँग बराबर हुन सक्दैन । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x