Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारनोभेम्बरमा अमेरिकामा साढे २ लाख रोजगारी सिर्जना

नोभेम्बरमा अमेरिकामा साढे २ लाख रोजगारी सिर्जना


मिनियापोलिस । अमेरिकी अर्थतन्त्रले गत नोभेम्बर महिनामा साढे दुई लाखभन्दा धेरै रोजगारी सिर्जना गरेको छ । दशककै उच्च महंगी घटाउने र अर्थतन्त्रलाई सामान्य बनाउन फेडेरल रिजर्भले लिएको आक्रामक नीतिका बाबजुद अमेरिकामा दुई लाख ६३ हजार रोजगारी सिर्जना भएको हो ।

यता बेरोजगारी दर भने ३.७ प्रतिशत रहेको अमेरिकी श्रम विभागले जनाएको छ । अर्थशास्त्रीहरुले गरेको सर्वेमा भने दुई लाख रोजगारी मात्रै सिर्जना हुने देखिएको थियो । सर्वेमा पनि बेरोजगारी दर भने ३.७ प्रतिशत नै रहने पाइएको थियो । आतिथ्य क्षेत्र र स्वास्थ्य सेवा क्षेत्रमा धेरै रोजगारी सिर्जना भएको छ । पछिल्लो तथ्यांकअनुसार प्रतिघण्टा आम्दानी समेत नसोचेको दरमा बढेको पाइएको छ । यसअघि फेडेरल रिजर्भका अधिकारीले भने प्रतिघण्टा आम्दानी वृद्धिप्रति ध्यानाकर्षण गरेका थिए ।

नोभेम्बरमा औसत प्रतिघण्टा आम्दानी शून्य दशमलव छ प्रतिशतले बढेको देखिएको छ । वर्षगत तुलनामा यो ५.१ प्रतिशतले बढी हो । अर्थशास्त्रीहरुले अक्टोबरबाट ती वृद्धि सुस्त हुने आकलन गरेका थिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x