Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारआईफोन निर्मातालाई कोभिड कडाइको अवरोध

आईफोन निर्मातालाई कोभिड कडाइको अवरोध


चीन । एप्पलको आपूर्तिकर्ता फक्सकनले नोभेम्बरमा राजस्व ११ प्रतिशतले घटेको बताएको छ । सन् २०२१ को तुलनामा यो वर्ष विश्वकै ठूलो आईफोन कारखानाले आम्दानी घटेको उल्लेख गरेको हो ।

फक्सकनको प्लान्ट चीनको झेंग्झाउमा रहेको छ । चीनले कोरोनाभाइरस संक्रमण रोक्न गरेको कडाइले आईफोन निर्मातालाई झट्का लागेको हो । अक्टोबरको तुलनामा कम्पनीको राजस्व २९ प्रतिशतले घटेको बताइएको छ । जनवरीदेखि नोभेम्बरसम्म भने कम्पनीले ५९ खर्ब न्यु ताइवान डलर आम्दानी गरेको थियो । जुन कीर्तिमानी आम्दानी थियो । सन् २०२१ मा सोही अवधिको तुलनामा त्यो साढे १३ प्रतिशतले बढी थियो ।

यसैबीच, कम्पनीको राजस्वमा आएको गिरावटलाई चीनमा फैलिएको विरोधलाई पनि लिइएको छ । फक्सकनले चीनमा फैलिएको प्रतिरोधको पनि सामना गरेको छ । कम्पनीले यसअघि आफ्नो साथी या पारिवारिक सदस्यलाई कम्पनीमा ल्याउनेलाई एक हजार युआन बोनस दिने अफर पनि ल्याएको थियो ।

नोभेम्बरमा कलकारखानामा उत्तेजक विरोधका दृश्य देखिएको थियो । चीनको कोभिड शून्य नीतिको विरोधमा प्रदर्शन भएका थिए । त्यसयता चीनले केही सहज बनाउन खोजेको भने देखिएको छ । दर्जन बढी मुख्य सहरहरुमा लकडाउन अन्त्य गरिएको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x