रुस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउँदै अमेरिका
वासिङटन । अमेरिकाले रुस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको छ । मानवअधिकार उल्लंघनलाई मुद्दा बनाएर दुवै देशमाथि थप प्रतिबन्ध लगाउने तयारीमा बाइडेन प्रशासन रहेको वालस्ट्रिट जर्नलले जनाएको छ ।
प्रतिबन्धको अंश ‘ग्लोबल म्याग्निट्स्की’ ऐनअनुसार चीन र रुसमाथि लादिने प्रतिबन्धले अमेरिकी अधिकारक्षेत्रमा रहेका रुस र चीनका कुनै पनि सम्पत्ति रोक्का गर्ने, अमेरिकाको यात्रामा रोक लगाउने र व्यापारिक कारोबारमा रोक लाग्नेछ । उक्त ऐनले अमेरिकी सरकारलाई विश्वव्यापी रूपमा विदेशी सरकारी अधिकारीमाथि प्रतिबन्ध लगाउने अधिकार दिएको छ ।
प्रतिबन्धबाट रुसी रक्षा क्षेत्रका धेरै संस्था प्रभावित हुनेछन् । म्याग्निट्स्कीले अमेरिकालाई मानवअधिकार हनन वा भ्रष्टाचारमा संलग्न कुनै पनि संस्था वा व्यक्तिमाथि प्रतिबन्ध लगाउने अधिकार दिएको छ । संयुक्त अधिराज्य र क्यानडासहित विश्वका अन्य देशमा पनि यस्तै कानुनी व्यवस्था छ ।
अमेरिकी प्रतिरक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको चीनको सैन्य सामथ्र्यसम्बन्धी प्रतिवेदन र गत अक्टोबरमा निकालेको राष्ट्रिय रक्षा रणनीतिमा पनि चीन र रुसलाई अमेरिकी चुनौतीका रुपमा प्रस्तुत गरेको थियो । चीन र रुसभन्दा बाहिरका शक्तिले पनि चुनौती थपेका पेन्टागनले बताउँदै आएको छ । रासस/एएनआई
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया