बंगलादेशमा खाद्यवस्तुको प्रतीतपत्रको सीमा दर घटाउन निर्देशन
ढाका । बढ्दो मुद्रास्फीतिलाई मध्यनजर गर्दै देशका सबै वाणिज्य बैंकहरुलाई विभिन्न आठवटा खाद्य वस्तुका लागि प्रतीतपत्र (एलसी)को व्यवस्थापनका लागि सुरूवाती सीमादरमा छुट दिन बंगलादेशको केन्द्रीय बैंकले सोमबार निर्देशन दिएको छ ।
बंगलादेश बैंकले आइतबार एक पत्र जारी गर्दै आगामी इस्लामी पवित्र महिना रमजानमा खाद्यवस्तुको मूल्य उपभोक्ताको पहुँचमा राख्ने उद्देश्यले यस्तो निर्देशन दिएको जनाएको छ । दरमा छुटका लागि निर्देशन दिइएका खाद्यवस्तुमा तेल, चिनी, चना, दाल, गेडागुडी, प्याज, खजूर र मसलालगायत रहेका छन् ।
बैंकले विदेशी मुद्राको घट्दो सञ्चितिलाई जोगाउन आयातलाई सीमित गर्ने उद्देश्यले ऋणपत्रको व्यवस्थापनका लागि सुरूआती सीमा दर ७५ प्रतिशत कायम गरेको छ । एलसी सीमा दरलाई उत्पादनका लागि सबैभन्दा कमस्तरमा राख्दा खाद्य पदार्थको मूल्यवृद्धिमा कमी आउने र रमजानको समयमा खुद्रा मुद्रास्फीति कम गर्न मद्दत पुग्ने बैंकले जनाएको छ ।
बंगलादेशको मुद्रास्फीति अगस्टमा १० वर्षयताकै उच्च ९.५२ प्रतिशतमा पुगेको थियो भने अक्टोबरमा ८.९१ प्रतिशत रहेकोमा नोभेम्बरमा घटेर ८.८५ प्रतिशतमा झरेको छ । नोभेम्बर, अक्टुबर र सेप्टेम्बरमा देशको मुद्रास्फीति दरमा क्रमशः कमी आएको छ । मूल्य वृद्धिको कारण रूस युक्रेन युद्ध, कोभिडका कारण थला परेको अर्थतन्त्र व्यवस्थापन, ऊर्जा सफ्टलगायतलाई मानिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया