Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटाटा ग्रुपले आईफोन बेच्ने

टाटा ग्रुपले आईफोन बेच्ने


नयाँ दिल्ली । भारतको व्यावसायिक घराना टाटा ग्रुपले अब आईफोन बिक्री गर्ने भएको छ । ग्रुपको स्टोरमा अब चाँडै आईफोन भेटिने भएको हो ।

टाटा ग्रुपको स्वामित्व रहेको इन्फिनिटी रिटेलले भारतभर सय रिटेल स्टोर खोल्ने योजना बनाएको हो । यी स्टोरमा केवल आईफोन मात्रै किन्न पाइनेछ । भारतीय सञ्चारमाध्यमका अनुसार टाटा ग्रुपले गत नोभेम्बरमै आईफोन उत्पादक विस्ट्रोनको भारतमा रहेको एकमात्र कारखाना ५० अर्ब भारुमा किन्न वार्ता गरेको थियो । कर्णाटक राज्यमा रहेको उक्त कारखाना खरिद नमिलेमा उसले ताइवानको विस्ट्रोनसँग संयुक्त उपक्रम गर्न सक्नेछ ।

विस्ट्रोन भारतमा आईफोनको टप भेन्डरमध्ये एक हो । इन्फिनिटी रिटेल भारतमा क्रोमा स्टोरबाट पनि परिचित छ । एप्पलले पनि सरकारी अधिकारीसँग कुरा गरिररहेको छ । अहिलेसम्म ठोस योजना तयार नभए पनि यदि आफ्नो योजनामा एप्पल सफल भए उसको बजार पहुँच बढ्ने बताइएको छ ।

रिपोर्टहरुका अनुसार टाटा–एप्पल साझेदारीमा पहिलो स्टोर मुम्बईमा खुल्न सक्नेछ । भारतमा एप्पलका तीन प्रमुख भेन्डर छन् । तिनमा फक्सकोन, विस्ट्रोन र पेगाट्रोन पर्छन् । यो महिनाको सुरुमै एप्पलले भारतमा आईफोन १४ एसेम्बलिङ गर्न एकअर्का उत्पादकसँग सम्झौता गरेको थियो । उसले ताइवानी कम्पनी पेगाट्रोनसँग सम्झौता गरेको थियो । योसँगै पेगाट्रोन फक्सकोनपछि भारतमा आईफोन १४ को एसेम्बलिङ सुरु गर्ने एप्पलको दोस्रो आपूर्तिकर्ता बनेको छ । यसको युनिट तमिलनाडुमा रहेको छ । जहाँ सात हजार मानिसले रोजगारी पाएका छन् । विस्ट्रोनले अब कर्णाटकमा पनि आईफोन एसेम्बलिङ गरिरहेको छ । विस्ट्रोनले कर्णाटकमा आफ्नो रहेको उत्पादन युनिट बेच्न टाटा ग्रुपसँगै कुरा गरिरहेको छ । पछिल्लो महिना प्रकाशित एक रिपोर्टमा यो सम्झौता चार हजार करोडबाट पाँच हजार करोडको बीचमा हुनसक्ने बताइएको छ ।

यता बजारमा आईफोन १४ को माग बढेको छ । सार्वजनिक भएसँगै यसको माग उच्च रहेको बताइएको छ । चीनमा कोरोनाको कारण कडा प्रतिबन्ध लगाउँदा बजारमा यसको अभाव खट्किएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x