Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसन् २०४१ सम्म स्मार्ट बंगलादेश बनाउने योजना सार्वजनिक

सन् २०४१ सम्म स्मार्ट बंगलादेश बनाउने योजना सार्वजनिक


ढाका । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले सन् २०४१ सम्ममा स्मार्ट बंगलदेश निर्माण गर्ने योजना सार्वजनिक गरेकी छिन् । प्रधानमन्त्री हसिनाले बंगलदेशले आगामी सन् २०४१ सम्ममा बंगलादेशलाई एक विकसित बंगलदेश बनाउने बताइन् ।

सोमबार यससम्बन्धी कार्ययोजना सार्वजनिक गर्दै प्रधानमन्त्री हसिनाले भनिन्, ‘हामीले सन् २०४१ सम्ममा हाम्रो बंगलदेशलाई विकसित बनाउने छौँ र बंगलादेश स्मार्ट बंगलादेश हुनेछ ।’ बंगलादेशको राजधानी ढाकामा सोमबार आयोजना गरिएको ‘डिजीटल बंगलादेश दिवस २०२२’ समारोहलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएकी हुन् । त्यस अवसरमा उनले स्मार्ट बंगलदेश निर्माणका लागि स्मार्ट नागरिक, स्मार्ट अर्थतन्त्र, स्मार्ट सरकार र स्मार्ट समाज पनि आवश्यक रहेकोमा जोड दिदै यी कार्यहरु सुरु गर्ने बताइन् ।

उनले हरेक नागरिकले कुनै न कुनै सिप सिक्नुपर्ने र दक्ष बन्नुपर्ने भन्दै यहाँका हरेक नागरिकले प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिइन् । उनले सूचनामा आधारित समाजको निर्माणमा जोड दिँदै यहाँका अर्थतन्त्र पनि सूचना प्रविधिमा आधारित रहेर विकास गरिने बताइन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x