Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमस्कले बेचे टेस्लाको साढे ३ अर्ब डलरको सेयर

मस्कले बेचे टेस्लाको साढे ३ अर्ब डलरको सेयर


अमेरिका । अर्बपति इलोन मस्कले विद्युतीय कार कम्पनी टेस्लामा रहेको आफ्नो थप सेयर बिक्री गरेका छन् । बीबीसीका अनुसार उनले थप दुई करोड २० लाख कित्ता सेयर बिक्री गरेका हुन् ।

गत सोमबार, मंगलबार र बुधबार उक्त सेयर बिक्री गरेको अमेरिकी वित्तीय नियामकमा बुझाइएको कागजातले देखाएको छ । गत वर्षदेखि हालसम्म गरी मस्कले टेस्लाका ४० अर्ब डलरबराबरको सेयर बिक्री गरेको देखिएको छ । यही हप्ताको सुरुतिर मस्कले विश्वको सबैभन्दा धनीको स्थान गुमाएका थिए । पछिल्लोपटक बिक्री भएको सेयरको कारण भने खुलिसकेको छैन । वित्तीय बजारको तथ्यांकदाता रिफिनिटिभका अनुसार मस्क अझै टेस्लाका धेरै सेयरधारक हुन् । उक्त बिक्रीका बाबजुद उनीसँग टेस्लाको १३.४ प्रतिशत सेयर स्वामित्व छ ।

गत महिना मस्कले तीन अर्ब ९५ करोड अमेरिकी डलरबराबरको एक करोड ९५ लाख कित्ता सेयर बिक्री गरेको खुलासा गरेका थिए । यो ठीक त्यही समयमा थियो जहिले ट्विटर खरिद प्रक्रिया पूरा भएको थियो । यो वर्ष टेस्लालगायत अन्य कार कम्पनीको सेयर मूल्य घटिरहेको छ । टेस्लाका लगानीकर्ताले मस्क ट्विटरतर्फ बढी केन्द्रित हुनुपरेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x