Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारराष्ट्रसंघमा म्यान्मारको प्रतिनिधित्व रोकिँदै

राष्ट्रसंघमा म्यान्मारको प्रतिनिधित्व रोकिँदै


संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघमा म्यान्माको प्रतिनिधित्व रोकिने प्रायःपक्का भएको छ । राष्ट्रसंघीय मानवाधिकार परिषद्मा उसको प्रतिनिधित्व रोकिने राष्ट्रसंघका दुई जना कूटनीतिज्ञले बताएका छन् ।

महासभाको प्रमाण समितिले म्यान्मा सरकारको अनुरोधमा म्यान्मामाथिको कारबाही स्थगन गरे पनि परिषद्को सदस्य बन्ने सम्भावन न्यून रहेको ती कूटनीतिज्ञहरूले नाम सार्वजनिक नगर्ने शर्तमा बताएका छन् । उनीहरूका अनुसार सम्भवतः यसै साताको अन्त्यमा त्यसको औपचारिक घोषणा हुनेछ ।

प्रमाण समितिको निर्णयले म्यान्माकी नेत्री आङ सान सुचीलाई पदच्युत गर्दा राष्ट्रसंघका लागि म्यान्माका राजदूत रहेका क्याव मो तुनको पद कायम रहनेछ । यद्यपि मानवाधिकार परिषद्मा म्यान्माको स्थान रिक्त रहने सम्भावना छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x