Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटेस्कोले एसियाली स्टोर ८ अर्ब पाउन्डमा बिक्री गर्ने

टेस्कोले एसियाली स्टोर ८ अर्ब पाउन्डमा बिक्री गर्ने


लन्डन, फागुन २७
बेलायती खुद्रा बिक्रेता टेस्कोले थाइल्यान्ड र मलेसियामा रहेको आफ्नो स्टोरहरु ८ अर्ब पाउन्ड स्टर्लिङमा बिक्री गर्न सहमत भएको छ । सुपरमार्केट कम्पनी टेस्कोले थाइल्यान्ड र मलेसियामा २ हजार स्टोरहरु सञ्चालनमा रहेका छन् । टेस्को लोटस ब्रान्डका रुपमा ती स्टोरहरु सञ्चालनमा छन् । सबै स्टोर थाइल्यान्डको सीपी ग्रुपलाई बिक्री गर्नलागेको हो ।

प्रमुख कार्यकारी डेभ लेविसले यो कारोबारले आफ्नो व्यवसायलाई अझ सहज बनाउने बताए । यसमध्ये ५ अर्ब पाउन्ड सेयर सदस्यलाई नै विशेष लाभांशका रुपमा फिर्ता गरिनेछ । टेस्कोले डिसेम्बरमै आफ्नो एसियाली व्यवसाय किन्न कम्पनीहरु इच्छुक देखिएको खुलासा गरेको थियो । टेस्कोको उक्त स्टोरहरुले ६० हजार मानिसलाई रोजगारी दिएको बताइएको छ । यसबाहेक कम्पनीको स्टोरहरु आयरल्यान्ड र मध्ययुरोपमा रहेको छ । पोल्यान्ड र हंगेरीमा कम्पनीले व्यवसाय गरिरहेको छ । उक्त स्टोर बिक्रीपछि कम्पनीको ऋण घट्ने बताइएको छ । उसले आफ्नो मुख्य ध्यान बेलायत र मध्ययुरोपकै व्यवसायमा रहने पनि जनाएको छ । प्रस्तावित बिक्रीलाई टेस्कोको बोर्डले समेत स्वीकृत गरेको छ । तर अब सेयर सदस्य र नियामक निकायबाट समेत स्वीकृत हुनुपर्नेछ ।

लेविसले भने यसै वर्ष पद छोड्दै छन् । उनले पाँच वर्षे कार्यकाल पूरा गरी पद त्याग गर्न लागेका हुन् । खर्च कटौतीका लागि उनले धेरै रोजगारी कटौतीका कार्यक्रम ल्याइसकेका छन् । सीपी ग्रुप थाइल्यान्डको ठूलो निजी कम्पनी हो । यसले १० हजार वटा सेभेन इलेभेन स्टोर र एसियाकै ठूलो दूरसञ्चार कम्पनी सञ्चालन गर्दै आएको छ । यसअघि पनि लोटसको नामबाट सोही ग्रुपले ती स्टोर सञ्चालन गरेको थियो । तर पछि टेस्कोलाई उसले बेचेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x