Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचर्चामा अमेरिकी राष्ट्रपति चुनाव :

चर्चामा अमेरिकी राष्ट्रपति चुनाव :


वासिड.टन, फागुन २७
क्यालिफोर्निया राज्यकी सिनेटर कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिका आकांक्षी जो बाइडेनलाई समर्थन गर्ने औपचारिक घोषणा गरेकी छिन् । गत डिसेम्बरमै उम्मेदवारी परित्याग गर्नुभएकी ह्यारिसले बाइडेनलाई जिताउन आफूले सक्दो मद्दत गर्ने पनि बताएकी छिन् । अमेरिकी डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार छनौटको दौडमा अब पूर्व उपराष्ट्रपति जो बाइडेन र सिनेटर बर्नी स्यान्डर्स मात्र रहेका छन् । दुवैमध्ये एक जनाले आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रिपब्लीकन उम्मेदवार एवं वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।

यही मङ्गलबार छ वटा राज्यमा चुनाव हुनुअघि ह्यारिसको घोषणा हुनुले बाइडेनलाई फाइदा पुग्ने अनुमान गरिएको छ । अमेरिकी दुई ठूला राज्यहरु मिसिगन र मिसिसिपी समेत छ वटा राज्यमा चुनाव हुँदै छ । गत मंगलबार सम्पन्न १४ वटा राज्यको चुनावले धेरै उम्मेदवारलाई पाखा लगाएको थियो । यीमध्ये १० वटा राज्यमा बाइडेनले चुनाव जितेका थिए भने क्यालिफोर्निया समेत ४ राज्यमा स्यान्डर्स विजयी भएका थिए ।

स्यान्डर्सलाई पछिल्लो पटक नागरिक अधिकारका पक्षमा वकालत गर्ने अमेरिकी विशिष्ट अश्वेत नागरिक जेसी ज्याक्सनले समर्थन गरेका छन् । मिसिगनको ग्रान्ड र्या्पिड्समा आयोजित चुनावी सभामा स्यान्डर्ससँगै ज्याक्सन उपस्थित थिए । स्यान्डर्सको चुनावी अभियानले प्रकाशन गरेको विज्ञप्तिमा ज्याक्सनलाई स्यान्डर्सले गरेको आमन्त्रणलाई सहर्ष स्वीकार गर्नु भएको, तर बाइडेनले ज्याक्सनलाई एक पटक पनि नसम्झेको उल्लेख छ ।

बाइडेनका पूर्व प्रतिस्पर्धीहरु एमी क्लोबुचार, पिट बुटिजिज, बेटो ओरुर्की, माइक ब्लूमबर्ग, टिम रायन, डेभाल प्याट्रिक र जोन डिलानीले उम्मेदवारी परित्याग गरी बाइडेनलाई समर्थन गरेका छन् । स्यान्डर्सलाई भने मारिएन विलियम्सन र बिल डी ब्लासिओले समर्थन गरेका छन् । यसैबीच, आइतबार मिसिसिपीका दुई जना वरिष्ट डेमोक्र्याट्स पूर्व गभर्नर रे माबुस र पूर्व राष्ट्रपति बिल क्लिन्टनको कार्यकालका कृषि मन्त्री माइक एसपीले पनि बाइडेनलाई समर्थन गरेका छन् । (रासस/एपी)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x