Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाँच नयाँ गाडी सार्वजनिक गर्ने तयारीमा टाटा

पाँच नयाँ गाडी सार्वजनिक गर्ने तयारीमा टाटा


नयाँ दिल्ली । टाटा मोटर्सले सन् २०२३ को लागि खास तयारी गरेको छ । उसले आफ्नो विद्युतीय कारको संख्या बढाउने भएको हो । यसअनुसार कम्पनीले थप सेग्मेन्टका विद्युतीय कार बजारमा ल्याउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

टाटाले योसँगै कम्प्याक्ट र मिडसाइजका एसयूभी सेग्मेन्टमा पनि नयाँ प्रोडक्ट लन्च गर्न लागेको नवभारत टाइम्सले जनाएको छ । आगामी केही महिनामा नै टाटा मोटर्सको माइक्रो एसयूभी पञ्चसँगै प्रिमियम हचब्याक अल्ट्रोजको विद्युतीय भेरियन्ट सार्वजनिक गर्ने तयारी छ । योसँगै आफ्नो धेरै बिक्री भएको एसयूभी नेक्सनको आकर्षक लुक्स र फिचरसँगै पेस हुने जनाइएको छ । कम्पनीले आगामी केही महिनाभित्र आफ्नो दुई शक्तिशाली एसयूभी ह्यारियर र सफारीको अर्को पुस्ताको मोडल सार्वजनिक गर्नेछ ।

टाटाले नेक्सनको फेसलिफ्टमा आकर्षक लुक्स र अपग्रेडेड फिचरहरुसँगै इन्धन पर्याप्तताबारे पनि विचार गर्न सक्नेछ । नेक्सन फेसलिफ्ट आगामी वर्षको छ महिनाभित्र बजारमा आउनसक्ने जनाइएको छ । केही दिनमा सुरु हुन लागेको अटो एक्स्पोमा उक्त कारको झलक देख्न सकिनेछ । त्यस्तै टाटाले ह्यारियर र सफारीको अर्को पुस्ताको मोडलको पनि तयारी गरिरहेको छ । दुवै पेट्रोल इन्जिन अप्सनमा आउन सक्नेछ ।

टाटाले अर्को वर्ष ल्याउने विद्युतीय गाडीमा सबैभन्दा किफायती विद्युतीय कार टियागो ईभीको अर्को महिना सुरु हुनेछ । त्यसपछि कम्पनीले पञ्च इलेक्ट्रिक लन्च गर्नेछ । मिडिया रिपोर्टहरुका अनुसार अल्ट्रोजलाई पनि विद्युतीय भेरियन्टमा ल्याउन सक्नेछ । यसको प्रोटोटाइप भर्सनलाई अटो एक्स्पो २०२० मा नै कम्पनीले शोकेस गरेको थियो । अब अटो एक्स्पो २०२३ मा पञ्च ईभी र अल्ट्रोज ईभीको उतपादन रेडी मोडल शोकेस गर्न सक्नेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x