Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार‘पाकिस्तानको टेक्सटाइल निर्यात मासिक एक अर्ब डलरभन्दा तल झर्ने चेतावनी’

‘पाकिस्तानको टेक्सटाइल निर्यात मासिक एक अर्ब डलरभन्दा तल झर्ने चेतावनी’


इस्लामावाद । पाकिस्तान सरकारलाई सन् २०२३ देखि देशको टेक्सटाइल निर्यात मासिक एक अर्ब अमेरिकी डलरभन्दा तल झर्न सक्ने चेतावनी ‘अल पाकिस्तान टेक्सटाइल मिल्स एसोसिएसन (एपीटीएमए)’ ले आइतबार दिएको छ ।

संगठनले टेक्सटाइल क्षेत्रलाई बचाउन सरकारसँग सहयोग मागेको छ । सले पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफलाई लेखेको पत्रमा भनिएको छ, ‘टेक्सटाइल उद्योगले आफ्नो क्षमताको ५० प्रतिशतभन्दा कम प्रयोग गरिरहेको छ । धेरैले पहिले नै आफ्नो रोजगारी गुमाइसकेका छन् र सुधारात्मक कार्यको अभावमा थप रोजगारी गुम्नेछ ।’

बाढीका कारण कपासबाली नष्ट हुनुका साथै आपूर्ति शृङ्खलामा अवरोध उत्पन्न भएका कारण समस्या उत्पन्न भएको संघले जनाएको छ । जियो न्यूजको एक रिपोर्टका अनुसार, यस वर्ष केवल ५० लाख भारी कपास उत्पादन भएको छ, जबकि उद्योगलाई १४ करोड भारी आवश्यक छ ।

विदेशी मुद्राको मुद्दाहरूले कपास आयात र निर्यातको लागि आवश्यक अन्य महत्वपूर्ण आपुर्तिलाई संकुचित गरेको छ । संगठनले सबै स्थगित बिक्री कर, टफ र अन्य बक्यौताहरू तत्काल फिर्ता गर्न र आर्थिक वर्ष २०२१ को लागि शुल्क ड्रब्याक दावी पेश गर्ने मिति बढाउन माग गरेको छ ।

हालै, सञ्चारमाध्यमले रिपोर्ट गरेअनुसार विनाशकारी बाढीपछि पाकिस्तानको टेक्सटाइल उद्योगको प्रतिकूल परिस्थितिको कारण, एक पाकिस्तानी व्यापार संगठनले शहबाज शरिफ सरकारसँग भारतबाट कपास आयात गर्न अनुमति दिन सम्पर्क गरेको थियो । सिन्ध र पञ्जाबमा कपास उत्पादकहरूले भोग्नुपरेको नोक्सानीलाई ध्यानमा राख्दै ‘पाकिस्तान टेक्सटाइल एक्सपोर्टर्स एसोसिएसन’ले बढ्दो निर्यात को माग पूरा गर्न वाघामार्फत् भारतसँग व्यापार गर्ने प्रस्ताव गरेको डन पत्रिकाले जनाएको छ ।

पाकिस्तानी पत्रिकाले निर्यातकर्ताहरूको प्रारम्भिक अनुमानलाई उद्धृत गर्दै भनेको छ, ‘कुल २५ प्रतिशत कपास बालीमा क्षति पुगेको छ र पाकिस्तानमा कच्चा पदार्थको अभाव हुन सक्ने सम्भावना छ । बुधबार पाकिस्तान सरकारले एक समिति गठन गरेको छ जसले बीउ कम्पनीहरूसँग वार्ता गर्नेछ र उनीहरूलाई स्थानीय बजारमा अत्याधुनिक कपासको बीउ ल्याउन सहजीकरण गर्नेछ ।’

कपास बालीको उत्पादन र क्षेत्रफल वृद्धिका लागि सरोकारवालासँग परामर्श र प्रस्तावको पुनरावलोकन गर्न बसेको महत्वपूर्ण बैठकका क्रममा समिति गठन गर्ने निर्णय भएको प्रतिवेदनमा उल्लेख छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x