सन् २०३५ सम्ममा कोइलाको माग उच्च हुने
नयाँ दिल्ली । सन् २०३० देखि २०३५ को बीचमा उच्च बिन्दुमा पुग्ने सम्बद्ध अधिकारीले बताएका छन् । केन्द्रीय कोइला, खानी तथा संसदीय मामिलामन्त्री प्रह्लाद जोशीले भारतमा कोइलाको माग जारी रहने सन् २०३५ सम्ममा यो उच्च विन्दुमा पुग्ने उनले बताएका हुन् ।
कोइला भारतको ऊर्जाको प्रमुख स्रोत हो । सन् २०२२–२३ (अप्रिल–अक्टोबर) मा कोइलामा आधारित विद्युत् गृहहरूमा कोइलाको खपत बढेर ४४ करोड ७६ लाख टन पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो खपत ३९ करोड ८२ लाख टन थियो । यसरी हेर्दा अघिल्लो बर्षको तुलनामा यो बर्ष कोइलाको खपत १२ प्रतिशतले बढेको देखिएको छ ।
मन्त्री जोशीले भने, ‘पर्याप्त भण्डारको साथ ऊर्जाको किफायती स्रोत भएकोले भारतमा कोइला निकट भविष्यमा ऊर्जाको प्रमुख स्रोतको रूपमा रहनेछ । स्थिरता र ऊर्जा सुरक्षाका लागि देशलाई कोइलामा आधारित उत्पादनको आधार भार क्षमता आवश्यक पर्छ ।’
ऊर्जा मन्त्रालयले सन् २०३० सम्ममा नयाँ तथा नवीकरणीय गैरजीवाश्म इन्धनमा आधारित ऊर्जा स्रोतबाट करिब ५० प्रतिशत संचयी विद्युतीय ऊर्जा स्थापित क्षमता हासिल गर्ने योजना बनाएको छ । हालसम्म, गैर–जीवाश्म इन्धन स्रोतहरूबाट कूल १७२.७२ गिगावाट क्षमता स्थापित गरिएको छ । जसमध्ये ६१.६३ गिगावाट सोलार, ४१.८४ गिगावाट वायु र साना करिब १५ गिगावाट गरी कूल ११९.०९ गिगावाट नवीकरणीय उर्जा स्थापित गरिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया