‘शान्ति र मानवताको विकासका लागि चीन प्रतिबद्ध छ’
बेइजिङ । चीनको राज्य परिषद् सदस्य तथा विदेशमन्त्री वाङ यीले चीनलाई आधुनिक समाजवादी राष्ट्रको रूपमा निर्माण गर्ने नयाँ यात्रामा मानव जातिको शान्ति र विकासको महान् कार्यमा चीन प्रतिबद्ध रहने बताएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य समेत रहेका विदेशमन्त्री वाङले अन्तर्राष्ट्रिय परिस्थिति र चीनको विदेश सम्बन्धसम्बन्धी गोष्ठीलाई सम्बोधन आज यहाँ अप्रत्यक्षरूपमा सम्बोधन गर्दे मानव प्रगति र विश्व सद्भाव प्रवर्द्धन गर्न चीन दृढ रहेको बताए ।
चाइना इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडिज र चाइना फन्ड अफ इन्टरनेशनल स्टडीजले संयुक्त रूपमा आयोजना गरेको उक्त गोष्ठीमा विदेशमन्त्रीले चीनको दिगो विकास प्राप्तिका निम्ति आफूलाई समर्पित गर्ने तथा अन्तर्राष्ट्रिय प्रणालीको निरन्तरता एवम् परिवर्तनका उद्देश्यमा योगदान गर्ने बताए ।
चीन आधुनिकीकरणको चिनियाँ मार्गमा अडिग रहने, मानव विकासको नयाँ स्वरूप मात्र सृजना नगर्ने बरु विकासोन्मुख देशहरूका लागि नयाँ विकल्प पनि प्रदान गर्दै उनीहरूको राष्ट्रिय परिस्थिति अनुरूप विकासका मार्गहरू खोज्न र द्रुत गतिमा अघि बढ्न दृढतापूर्वक समर्थन गर्न तत्पर रहेको नेता वाङले बताए ।
शान्तिपूर्ण विकासमा चीन प्रतिबद्ध रहने, आधिपत्य वा विस्तारको खोजी नगर्ने, सबै प्रकारका आधिपत्यवाद र शक्ति राजनीतिको विरोध गर्ने, शान्ति र विकासका लागि आफ्ना जनता तथा सबै देशका जनताको वैधानिक अधिकारको रक्षा गर्ने चीनको नीति विदेशमन्त्री वाङले स्पष्ट गरे । दिगो शान्ति, विश्वव्यापी सुरक्षा र साझा समृद्धिलाई चीनले जोड दिएको उहाँले दोहो-याए ।
आफ्नो र विश्व विकासका लागि चीनले उच्चस्तरको खुलापनलाई निरन्तरता दिने, खुलापनको पारस्परिक लाभकारी रणनीति अपनाउने, आर्थिक भूमण्डलीकरणको सही मार्गलाई अवलम्बन गर्ने, व्यापार र लगानीको उदारीकरण एवम् सहजीकरण, खुला विश्व अर्थतन्त्रको निर्माणका साथै नयाँ अवसर सृजना गर्ने चिनियाँ चाहना विदेशमन्त्रीले सुनाए ।
‘हामी स्वतन्त्रताप्रति प्रतिबद्ध रहनेछौँ गठबन्धन र टकरावको सट्टा साझेदारी र संवाद खोज्नेछौँ, गुण र दोषका आधारमा कुनै पनि मुद्दामा हाम्रो अडान निर्धारण गर्नेछौं, सबै देशसँग आपसी सम्मान, विश्वास र लाभका खातिर काम गर्नेछौँ, समानता, खुलापनसहितको विश्वव्यापी सहयोग र साझेदारीलाई गहनरूपमा विस्तार गर्नेछौँ’, राज्य परिषद् सदस्य वाङले भने । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया