Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयुक्रेनमाथि रुसको व्यापक हवाइ आक्रमण

युक्रेनमाथि रुसको व्यापक हवाइ आक्रमण


किभ । रुसले राजधानी किभसँगै युक्रेनका विभिन्न भागमा हवाइ आक्रमण गरेको छ । युक्रेनी ऊर्जा केन्द्र र अन्य भौतिक पूर्वाधारलाई लक्ष्य गर्दै मस्कोले क्षेप्यास्त्र प्रहार गरेको हो ।

समाचार संस्था एपीका अनुसार कठ्यांग्रिएको किभ र आसपासका क्षेत्रमा लगातार हवाइ आक्रमण हुँदा ‘साइरन’को आवाजले सर्वसाधारणलाई अधिक चिन्तित तुल्याएको छ । युक्रेनी ऊर्जा केन्द्रमा प्रहार भएका ६९ क्षेप्यास्त्रमध्ये ५४ वटालाई निष्फल पारिएको युक्रेनका सैन्य प्रमुख भ्यालेरी जालुज्नीले बताएका छन् । रुसी आक्रमणबाट मानवीय क्षति भएको छैन ।

आकाशबाट विष्फोटक पदार्थ बोकेका ‘ड्रोन’ र लडाकू विमान अनि समुद्रबाट ‘क्रुज मिसाइल’ ले ऊर्जा केन्द्र पानी आपूर्ति गर्ने संचनामा प्रहार गरेर युक्रेनका जनताको जीवनलाई अति कष्टकर बनाएको छ । आक्रमणको यो शृंखला विगत एक महिनादेखि जारी छ । रुसी सैनिक स्थलयुद्धमा अगाडि बढ्न सङ्घर्ष गरिरहेका बेला मस्कोले हवाइ आक्रमणलाई व्यापक बनाएको हो ।

रुसी आक्रमणलाई निस्तेज पार्न राजधानी किभको हवाइ रक्षा प्रणााली सक्रिय पारिएको छ । शहरमा विष्फोटका आवाज सुनिएका छन् । एक जना १४ वर्षीया किशोरीसहित तीन जना घाइते भएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x