Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारतिब्बतको पोताला दरबार चार महिनापछि सर्वसाधारणका लागि खुल्ला

तिब्बतको पोताला दरबार चार महिनापछि सर्वसाधारणका लागि खुल्ला


तिब्बत । चीनको दक्षिणपश्चिमी स्वशासित क्षेत्र तिब्बतस्थित ऐतिहासिक पोताला दरबार मङ्गलबारदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ ।

कोभिड–१९ महामारीका कारण चार महिनाभन्दा बढी समयदेखि बन्द रहेको थियो । तिब्बतको राजधानी ल्हासास्थित पोताला दरबार सर्वसाधारणका लागि खुला भएसँगै यहाँ आउने आगन्तुकहरूले मार्च १५ सम्म निःशुल्क प्रवेश गर्न सक्ने स्थानीय प्रशासनले जनाएको छ ।

तर भ्रमणका लागि एक दिन अगावै अनलाइन रिजर्भेसन आवश्यक पर्ने राजदरबारको प्रशासनले आइतबार जारी गरेको एक घोषणामा उल्लेख छ । दरबार हरेक दिन बिहान ९ः३० देखि अपराह्न २ः०० बजेसम्म खुला रहनेछ । पोताला महल प्राचीन वास्तुकलाको एक नमूना हो र एक लाखभन्दा बढी सांस्कृतिक अवशेषहरूको संग्रह स्थल हो । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x