सन् २०२२ मा टेस्लाका क्रेताले १३ लाख विद्युतीय कार पाए
अमेरिका । विद्युतीय कार निर्माता टेस्लाले सन् २०२२ मा सन् २०२१ मा भन्दा ४० प्रतिशत धेरै कार डेलिभरी अर्थात् क्रेतालाई हस्तान्तरण गरेको छ । कम्पनीले गत वर्ष १३ लाख विद्युतीय कार डेलिभरी गरेको बीबीसीले जनाएको छ ।
सन् २०२२ को अन्तिम तीन महिनामा मात्रै कम्पनीले चार लाख पाँच हजार कार डेलिभरी गरेको थियो । यद्यपि यो तथ्यांक वाल स्ट्रिटको चार लाख ३० हजार डेलिभरी हुने अनुमानभन्दा कम हो । यो वर्ष ब्याजदर बढेको र आर्थिक मन्दीको डरसँगै मोटर उद्योगले कम मागको सामना गर्ने देखिएको छ ।
आफ्ना लगानीकर्तालाई टेस्लाले कोरोना र आपूर्ति प्रणालीगत समस्या झेलेको जानकारी पनि गराएको छ । मंगलबारमात्रै दक्षिण कोरियाका अधिकारीहरुले टेस्लालाई कम तापक्रममा आफ्ना विद्युतीय कारको ड्राइभिङ रेन्ज पनि कम हुनेबारे ग्राहकलाई जानकारी गराउन चुकेको भन्दै २२ लाख डलर जरिवाना तिराउने भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया