Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएसिया–प्रशान्त क्षेत्रमा अमेरिकी सहायता बढ्दै

एसिया–प्रशान्त क्षेत्रमा अमेरिकी सहायता बढ्दै


वासिङ्टन । एसिया–प्रशान्त क्षेत्रमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउँदै जलसेनाको आधार तयार गर्न बाइडेन प्रशासनले प्रशान्त महासागरका टापु राष्ट्रहरूसँगको सम्बन्ध विस्तारलाई प्राथमिकताका साथ अघि बढाएको छ ।

मार्सल आइल्याण्ड र पलाउसँगको सम्बन्ध सुमधुर तुल्याउन वासिङ्टनले पारस्परिक सहयोग सम्झौता एवम् समझदारीपत्रमा हस्ताक्षर गरेको छ । प्रशान्त महासागरका टापु देशमा आर्थिक, कूटनीतिक एवम् सैन्य प्रभाव विस्तार गर्दै अमेरिका–चीन सम्बन्धमा सन्तुलन कायम गर्नु वासिङ्टनको चाहना हो । आगामी दुई दशकका लागि अमेरिकाले मार्सल आइल्याण्ड र पलाउसँग गरेका सम्झौताबाट उसका सैन्य र अन्य सुरक्षा अधिकार सुनिश्चित भएका छन् ।

हिन्द– प्रशान्त क्षेत्रमा आर्थिक एवम् प्राविधिक विकासका गतिविधिमा सहयोगी देशलाई सघाउँदै कम्प्याक्ट्स अफ फ्रि एसोसिएसनमार्फत विकासका दीर्घकालीन परियोजना सञ्चालन गर्न अमेरिकाले ७० करोड डलर उपलव्ध गराउने छ । यद्यपि कम्प्याक्टका आर्थिक पक्षलाई अमेरिकी संसद्ले अनुमोदन गर्न बाँकी छ ।

लाभग्राही देशलाई पनि कम्प्याक्ट कार्यान्वयन बाध्यकारी हुने छैन । सहायता सम्झौतालाई निष्कर्षमा पु-याउन वार्ताको नेतृत्व गर्नुभएका राष्ट्रपति बाइडेनका विशेष दूत जो युनले अबका सहायता रकम विगतमा अमेरिकाले उपलब्ध गराएको भन्दा अधिक हुने बताएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x