Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसाढे ५ प्रतिशतले बढ्यो पाकिस्तानको रेमिट्यान्स

साढे ५ प्रतिशतले बढ्यो पाकिस्तानको रेमिट्यान्स


कराची, फागुन २९
पाकिस्तानबाहिर रहेका पाकिस्तानीहरुले पठाएको रेमिट्यान्स आप्रवाह करिब साढे ५ प्रतिशतले बढेको छ । पाकिस्तानी मिडियाहरुका अनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनामा १५ अर्ब १२ करोड अमेरिकी डलर रेमिट्यान्स पाकिस्तान भित्रिएको हो । आव २०१८/०१९ को सोही अवधिमा १४ अर्ब ३५ करोड अमेरिकी डलर रेमिट्यान्स भित्रिएको थियो ।

मंगलबार स्टेट बैंक अफ पाकिस्तानले दिएको जानकारीअनुसार रेमिट्यान्स आउने क्रम निरन्तर बढिरहे पनि वृद्धिदर भने घटेको छ । गत वर्षको सोही अवधिमा १०.४४ प्रतिशतले रेमिट्यान्स आप्रवाह बढेको थियो । फेब्रुअरी महिनामा रेमिट्यान्स वर्षगत तुलनामा १६.४७ प्रतिशतले बढेर १ अर्ब ८२ करोड डलर पुगेको थियो । गत वर्ष सोही अवधिमा १ अर्ब ५८ करोड डलर भित्रिएको थियो । महिनागत तुलनामा भने ४.३५ प्रतिशतले घटेको छ । जनवरीमा १ अर्ब ९० करोड डलर भित्रिएको थियो ।

साउदी अरेबियाबाट सबैभन्दा बढी ३ अर्ब ४७ करोड डलर रेमिट्यान्स पाकिस्तान भित्रिएको छ । यो जुलाई–फेब्रुअरी २०१९–२० अवधिमा भित्रिएको रकम हो । गत वर्ष पनि उक्त अवधिमा ३ अर्ब ३४ करोड डलर भित्रिएको थियो । त्यस्तै यूएईबाट ३ अर्ब १३ करोड डलर, अमेरिकाबाट २ अर्ब ५५ करोड डलर, बेलायतबाट २ अर्ब ३० करोड डलर, गल्फ कोअपरेसन काउन्सिलबाट १ अर्ब ४५ करोड डलर रकम भित्रिएको छ । त्यसबाहेक युरोपेली देशबाट ४३ करोड १० लाख डलर, मलेसियाबाट १ अर्ब ४ करोड डलर रेमिट्यान्स भित्रिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x