Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारठूलो घाटा व्यहोर्नुपर्ने क्याथे प्यासिफिकको प्रक्षेपण

ठूलो घाटा व्यहोर्नुपर्ने क्याथे प्यासिफिकको प्रक्षेपण


हङकङ, फागुन २९
वायुसेवा कम्पनी क्याथे प्यासिफिकले यो वर्ष ठूलै घाटा हुने अनुमान प्रक्षेपण गरेको छ । यो वर्षको सुरुवातमै फैलिएको कोरोना भाइरसको कारण सुरुवाती छ महिनामा ठूलै घाटा हुने कम्पनीले जनाएको छ । क्याथे हङकङको वायुसेवा प्रदायक हो । गत वर्ष (२०१९ मा) पनि कम्पनीको नाफा २८ प्रतिशतले घटेको थियो । हङकङमा गत वर्ष राजनीतिक प्रदर्शनले चौपट भएको स्थिति सम्हालिन नपाउँदै कोरोनाले व्यवसाय नराम्ररी प्रभावित भएको छ । पछिल्लो भाइरस संक्रमणको सिधा असर पर्यटन, होटल र हवाइ क्षेत्रमा नराम्ररी परेको छ । कम्पनीका प्रमुख प्याट्रिक हिलेले सुरुवाती छ महिना वित्तीय हिसाबले निकै चुनौतीपूर्ण रहेको बताएका छन् ।

विश्वभर भाइरसकै कारण हजारौँ उडान रद्द भएका छन् । ब्रिटिश एयरवेज, -यानएयर, इजी जेटले अप्रिलसम्म इटालीका सबै उडान रद्द गरेका छन् भने नर्वेजियन एयर र अमेरिकन एयरलाइन्सले पनि सेवा कटौतीको घोषणा गरिसकेका छन् । कम्पनीले खर्च कटौती गर्न उडान घटाइसकेको छ । गत वर्ष कम्पनीले १ अर्ब ६९ करोड हङकङ डलर कुल नाफा देखाएको थियो । तर सन् २०१८ को तुलनामा यो नाफा पनि कम हो । उक्त वर्ष कम्पनीले २ अर्ब ३५ करोड एचके डलर नाफा आर्जन गरेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x